एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि ललितपुरमा सम्पन्न हुँदै

काठमाडौँ, भदौ १८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित हुने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २० गते बिहान ११ बजे विशेष समारोहमार्फत महाधिवेशनको औपचारिक उद्घाटन गर्नुहुने योजना रहेको छ।

महाधिवेशनमा पार्टीका करिब २०२६ प्रतिनिधि र आयोजक समितिका ३१५ सदस्य गरी जम्मा २३४१ जना सहभागी हुने बताइएको छ। पार्टीको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नाराका साथ महाधिवेशन भव्य र सभ्य वातावरणमा सम्पन्न गरिने तयारी पूरा भइसकेको छ।

विधान संशोधनसम्बन्धी प्रस्तावअनुसार, ७० वर्षे उमेरहद हटाउने, जिल्ला कमिटीलाई कार्यकारी बनाउने व्यवस्था गरिनेछ। साथै, २५१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिनेछ, जसमा एक तिहाइ पोलिटब्यूरो र १५ सदस्यीय स्थायी कमिटी रहने छ। स्थायी कमिटीमा कम्तीमा एक जनालाई महिला सदस्य बनाउनुपर्ने प्रावधान प्रस्ताव गरिएको छ।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन्। महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका अध्यक्षहरूले आफ्ना प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरिएको छ।

सङ्गठनात्मक प्रतिवेदनमार्फत पार्टी निर्माणका चुनौतीहरू, समाधानका उपायहरू र राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र प्रस्तुत गरिनेछ। राजनीतिक प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति विश्लेषण गर्दै पार्टीको आगामी कार्यदिशा र समाजवाद स्थापनाको रोडम्यापसमेत समावेश गरिने छ।

महाधिवेशनलाई सफल बनाउन आठ उपसमितिहरू गठन गरी स्वागत, आवास, स्वास्थ्य, प्रचार-प्रसार, मञ्च सजावट, सांस्कृतिक कार्यक्रम, यातायात र सुरक्षासम्बन्धी सबै तयारीहरू पूरा गरिएका छन्।

एमालेले यस ऐतिहासिक महाधिवेशनलाई सफल बनाउन पत्रकार तथा सञ्चारकर्मीहरूको रचनात्मक सहयोग आवश्यक रहेको उल्लेख गर्दै तथ्यगत सूचनाको सङ्कलन र सम्प्रेषणमा सहकार्य गर्न अनुरोध पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण