हदैसम्मको लचिलो भएर ओलीले माधब नेपाल पक्षलाई आममाफी दिने घोषणा

काठमाडौं,साउन ८, नेकपा (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपालसहित बाटो बिराएका  नेतालाई आममाफी दिने घोषणा अनुमोदन गरेको छ। केन्द्रीय कमिटीको १० औं बैठकले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली हदैसम्म लचिलो हुँदै आममाफीको प्रस्ताव अनुमोदन गरेको हो। 

पुष्पलाल स्मृति दिवसको अवसरमा आममाफी  दिने घोषणा गरेका अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक प्रस्ताव नै गरे। केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले अध्यक्ष ओलीको बाटो बिराएका साथीहरूलाई आममाफी गर्ने प्रस्ताव सर्वसम्मतले अनुमोदन गरेको जानकारी दिए। 

अध्यक्ष ओलीले बैठकमा विगतमा आफूबाट भएका कमी कमजोरीलाई पनि स्वीकार गरेका थिए। ‘समयमा निष्कर्षमा पुग्न नसक्नु मेरो पनि कमजोरी हो, ममा यो कमजोरीको महसुस भएको छ’,  उनले भने।

अध्यक्ष ओलीले पार्टीको एकताको रक्षाका लागि आफ्नो तर्फबाट हरसम्भव कोसिस हुने बताउँदै पार्टीमा सकारात्मक योगदान गर्ने सबैलाई विगतका गल्तीहरूप्रति उन्मुक्ति दिँदै काम गर्ने वातावरण निर्माण गरिने स्पष्ट पारे। उनले  अन्तरघात र आन्दोलनलाई अन्तरध्वंश गर्ने प्रवृत्ति भने क्षम्य नहुने बताए। अध्यक्ष ओलीले उच्च मनोबलका साथ देश, जनता र आन्दोलनको हितलाई सर्वोपरि राखेर क्रियाशील हुन आह्वान गरे। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र