
प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गते विश्वासको मत लिन प्रतिनिधिसभामा राखेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै लिङदेनले बिपी कोइरालापछि शक्तिशाली बनेको सरकार ९केपी ओली नेतृत्व० ले केही नगरेको अवस्थामा देउवा नेतृत्वको सरकारसँग जनताको खासै ठूलो अपेक्षा नभएको बताए।
देउवा प्रधानमन्त्रीका रूपमा सरकारी निवास बालुवाटार सरेलगत्तै पार्टीका बैठकहरू त्यहीं सुरु गरेका प्रति उनले असन्तुष्टि जनाए। ओली नेतृत्वको सरकारले बालुवाटारलाई पार्टी कार्यालय र क्याटरिङमा परिणत गरेको संकेत गर्दै लिङदेनले भने, ‘प्रधानमन्त्री निवास पार्टी कार्यालय होइन, त्यो क्याटरिङ हाउस पनि होइन। कमसेकम यो सरकारले त्यो नगरोस्।’
साउन १ गते बिहान सरकारी निवास बालुवाटार सरेका देउवाले घण्टा पनि नबित्दै पार्टी पदाधिकारी बैठक त्यहीं बोलाए। मित्रराष्ट्र चीनका राजदूतलाई शिष्टाचार भेटका लागि पनि बालुवाटारमै आमन्त्रण गरे। ओली नेतृत्वको सरकार बहिर्गमनपछि आमजनताको अपेक्षा छ– मुलुकको शासन बालुवाटारबाट होइन, सिंहदरबारबाट सञ्चालन होस् । कांग्रेस मुख्यालय सानेपाबाट बालुवाटार सर्ने छैन।
पाँचौंपटक प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले विगतका सरकारहरूको मात्र होइन, आफ्ना कमजोरीलाई पनि सच्याउने छन् तर सच्चिने संकेत देखाएनन्। त्यसप्रति लिङदेनको खबरदारी थियो प्रतिनिधिसभामा। २०६२र०६३ सालको जनआन्दोलनपछिका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बालुवाटरबाटै पार्टी र सरकार सञ्चालन गरेका थिए। कोइरालालाई मानक बनाउँदै त्यसयताका प्रधानमन्त्री सरकारी कार्यालय सिंहदबार सकेसम्म जानै खोजेनन्।
पदमा रहँदासम्म पार्टी कार्यालय टेक्नै चाहेनन्। सरकारी निवासमै पार्टी बैठक राख्ने, प्रधानमन्त्री कार्यालय नगएर त्यहींबाटै शासनसत्ता सञ्चालन गर्ने गलत परिपाटी बसालियो। राज्यको स्रोत साधानको मात्र होइन, विधि र विधानमाथि पारिवारिक हस्तक्षेप र स्वार्थसमूह हाबी भए। सरकारका संरचनाहरूले सत्ता चलेन। परिवारका सदस्य र आसेपासेको हातमा राज्यका गोप्य सूचना र कागजपत्र पुग्ने र निर्णय प्रक्रिया प्रभावित हुन पुग्यो । यो समाचार नागरिक दैनिकमा छ ।
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८