स्नातक तहको परीक्षा साउनमा

काठमाडौँ, असार ३१ गते ।विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३५० वटा परीक्षा केन्द्र बनाउनुपर्ने अवस्था रहेको जनाइएको छ । यसअघि स्नातक तहको परीक्षामा जम्मा २१० वटा मात्रै परीक्षा केन्द्र बनाइएको थियो । विद्यार्थीलाई सुविधा पुग्नुका साथै सुरक्षितसमेत हुने अनुमान गरी केन्द्रको सङ्ख्यामा वृद्धि गरिएको हो ।
यसका साथै सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोपमा विश्वविद्यालयका शिक्षक तथा कर्मचारी पनि समेटिएपछि परीक्षा सञ्चालनमा थप सहज हुने अपेक्षा गरिएको छ ।
मङ्गलबारदेखि खोप पाउने समूहमा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीलाई पनि समावेश गरिएको छ । विश्वविद्यालयले परीक्षा तथा विश्वविद्यालयका कक्षा सञ्चालनका लागि शिक्षक तथा कर्मचारीलाई खोपको प्राथमिकतामा राख्न सरकारसित लबिङ गर्दै आएको थियो ।
विश्वविद्यालयको परीक्षा सञ्चालनमा शिक्षक तथा कर्मचारीको प्रत्यक्ष सहभागिता रहने गरेको छ । शिक्षक, कर्मचारीले खोप पाएपछि अब सुरक्षित रूपमा परीक्षा सञ्चालन गर्न मनोबल उच्च हुने परीक्षा नियन्त्रक जोशीले बताउनुभयो । विश्वविद्यालयले साउन पहिलो सातादेखि स्नातक तहको परीक्षा सञ्चालन गर्दैछ ।

परीक्षा फाराम भर्नै समस्या
विश्वविद्यालयको वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीलाई अनलाइन माध्यमबाट परीक्षा फाराम भर्न समस्या परेको पाइएको छ । विद्यार्थीमा इन्टरनेटको सहज पहुँच नभएको,
प्रयोगको ज्ञान नभएको र कतिपय विद्यार्थी आफू अध्ययन गर्ने क्याम्पसबाट धेरै टाढासमेत भएका कारण विद्यार्थीलाई परीक्षामा आबद्ध गराउन समस्या परेको जनाइएको छ ।
भौतिक रूपमा परीक्षा फाराम भर्न समस्या भएपछि त्रिविले स्नातक तहको प्रथम वर्षका विद्यार्थीलाई जेठ ९ गतेदेखि अनलाइनबाट परीक्षा भर्न आह्वान गरेको थियो । कतिपय विद्यार्थीले भौतिक रूपमा नै क्याम्पसमा पुगेर परीक्षा फाराम भर्ने र त्यसलाई क्याम्पसले परीक्षा नियन्त्रण कार्यालयमा पठाइदिने समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि