क्षतिग्रस्त पुल ठेकेदारले नै बनाउने

काठमाडौँ, असार २७ गते । गत साता आएको बाढीले क्षति भएको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्ने भएको छ । बाढीले पुलको पूर्वतर्फको दोस्रो स्पान (पुल निर्माणको एक भाग) भासिएको थियो ।
सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले क्षतिग्रस्त हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्नुपर्ने बताउँदै त्यसका लागि स्पष्ट निर्देशनसहित विभागले सो निर्माण कम्पनीलाई पत्र पठाइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुलको डिजाइन र निर्माणको जिम्मा सम्बन्धित निर्माण कम्पनीले नै गरेको हो । सम्झौताअनुसार निर्माण कम्पनीले आफ्नो खर्चमा क्षतिग्रस्त सो पुलको निर्माण गर्नुपर्ने हुन्छ ।

निर्माण कम्पनी उम्कन पाउँदैन । ” निर्माण कम्पनीले पनि बाढीबाट क्षति भएको सो पुलको निर्माण गर्ने भनेर प्रतिबद्धता जनाइसकेको महानिर्देशक थापाले जानकारी दिनुभयो ।
सम्झौताअनुसार पुलमा पाँच वर्षसम्म कुनै समस्या भएमा निर्माण कम्पनीले नै मर्मतसम्भार गर्नुपर्ने हुन्छ । सो पुल निर्माणको जिम्मेवारी २०६८ सालमा पप्पु–लुम्बिनी बिल्डर्स (जेभी)ले पाएकोमा पछि पप्पुले सम्पूर्ण जिम्मेवारी लुम्बिनी बिल्डर्सलाई हस्तान्तरण गरी हात झिकेको थियो । ४७० मिटर लामो सो पुल ११ मिटर चौडा रहेको छ । पुलमा १२ वटा स्पान छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक