वार्ता सकारात्मक भएकाे नेताहरूकाे प्रतिक्रिया, बाँकी काम कार्यदलले टुङ्गयाउने

शीर्ष नेताहरूकाे वार्ता स्थलमा रहनु भएका कार्यदलका सदस्यहरू । तस्बिर साभार दिपेन्द्र दाहलकाे फेसबुक

नक्सालस्थित होटल मेरियटमा बुधबार साँझ भएको करिब डेढ घण्टा लामो वार्तामा सो सहमति बनेको दावी गरिएको हो । आजको बैठकमा अध्यक्ष ओली र नेता नेपालबीच विषयकेन्द्रित एक्लाएक्लै वार्ता भएको वार्तामा सहभागी नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । एक्लाएक्लै वार्ता सकारात्मक भएको आफूहरुलाई जानकारी प्राप्त भएकाले अर्को बैठकमा पुनः सहमतिको प्रयास जारी राख्ने कुरा भएको उहाँले बताउनुभयो ।

वार्तापछि शुरुमा वरिष्ठ नेता नेपाल बैठक स्थलबाट बाहिरिनुभएको थियो । सोपछि अध्यक्ष तथा प्रधानमन्त्री ओली बाहिरिनुभयो । तर उहाँहरुले केही प्रतिक्रिया दिन चाहनु भएन । सहमतिमा विट मार्न बाँकी रहेकाले दुवैजना प्रतिक्रिया दिन तयार नहुनुभएको बुझाई नेताहरुको छ ।

नेता भीमबहादुर रावलले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसहित भएको वार्ता सकारात्मक भएको जानकारी दिनुभयो । लामो समयदेखि विभिन्न समस्यामाथि गम्भीर छलफल भइरहेकाले गहिराईमै पुगेर सहमतिको प्रयास भइरहेको उहाँले बताउनुभयो । वार्तालाई जारी राख्ने र अर्को बैठकमा पुनः छलफल गर्ने सहमति बनेको उहाँले बताउनुभयो ।  बैठक साँझ ८ बजेदेखि ९ः३० बजेसम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र