स्थगित परीक्षाफल असारभित्रै

कीर्तिपुर, असार २३ गते । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ । स्नातकोत्तर तहमा भर्ना चाँडै सुरु गरिने जनाइएको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यालयका कर्मचारीमा कोरोनाको प्रभावका कारण परीक्षाफल प्रकाशनमा समस्या देखिएको बताउँदै परीक्षाफल असारभित्र प्रकाशित गरिने बताउनुभयो । स्नातक तह तेस्रो र चौथो वर्षको परीक्षाफल प्रकाशित हुन सकेको छैन ।

मापदण्डबारे छलफल
परीक्षा नियन्त्रण कार्यालयले आगामी साउन महिनामा सञ्चालन गर्ने स्नातक तहको परीक्षाको मापदण्डबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग छलफल गरेर मात्र परीक्षाको कार्यक्रम अगाडि
बढाउने भएको छ ।
परीक्षा नियन्त्रक जोशीले पछिल्लो समय बन्दाबन्दी खुलेपछि कोरोनाको सङ्क्रमणमा वृद्धि भएको र भौतिक उपस्थितिका आधारमा परीक्षा सञ्चालन गर्दा बीचमै समस्या पर्न सक्ने खतरा देखिएकोले सीसीएमसीसँग छलफल गरेर परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था देखिएको बताउनुभयो । विश्वविद्यालयले साउनमा स्नातक तहको परीक्षा सञ्चालन गर्ने कार्यतालिका बनाएको छ । भदौ महिनामा पनि परीक्षा सञ्चालन
गर्ने योजना छ ।
उहाँले परीक्षामा देशभरका दुई लाख ५० हजारभन्दा बढी विद्यार्थी भौतिक रूपमा उपस्थित हुने र यसले सङ्क्रमण बढाउन सक्ने भएकोले पनि सरकारसँगको सरसल्लाहमा मात्र आफूहरू अघि बढ्ने बताउनुभयो । सो केन्द्रसँग बुधबार विश्वविद्यालयको परीक्षा सञ्चालन र मापदण्डबारे छलफल गर्ने कार्यक्रम छ ।

स्नातकोत्तर भर्ना
त्रिभुवन विश्वविद्यालयले वैशाखमा खुलाउने भनेको स्नातकोत्तर तहको नयाँ भर्ना यसै साता मात्रै खुलाएको छ । अनलाइन माध्यमबाट स्नातकोत्तर तहमा नयाँ भर्ना खोलिने भएको हो । थोरै विद्यार्थी भएको विभागमा भौतिक रूपमा समेत भर्नामा सहभागी हुन सकिने छ । विश्वविद्यालयको स्नातकोत्तर तहको नयाँ कार्यक्रम तीन महिनापछि धकेलिएको छ । यसअघि वैशाखमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्ने योजना बनाइएको थियो ।
यसैबीच त्रिविले विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकलाई नियमित अनलाइन कक्षामा सहभागी भइदिन आग्रह गरेको छ । विगत लामो समयदेखि आफ्ना मागमा विश्वविद्यालयले चासो नदेखाएको भन्दै कक्षा बहिष्कार गर्ने चेतावनी दिएपछि विश्वविद्यालयले अनलाइन कक्षामा नियमित सहभागी हुन आंशिक शिक्षकलाई आग्रह गरेको हो । विश्वविद्यालयमा करिब एक हजार पाँच सय आंशिक शिक्षक
कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक