निर्वाचन आयोगको निर्णय उल्टियो

काठमाडाैं, असार १६ः सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय उल्टाउँदै रौतहट मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कारबाही नगर्न, नगराउन मंगलबार अन्तरिम आदेश जारी गरेको छ। नेकपा माओवादी केन्द्रले दल त्याग गरेको आरोप लगाउँदै साह र कुशवाहलाई पदमुक्त गरिदिन आयोगलाई आग्रह गरेको थियो।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले मंगलबार साह र कुशवाहलाई कारबाही गरी पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न, नगराउन अन्तरिम आदेश दिएको हो। निर्णय कार्यान्वयन नगर्न आदेशसहित विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ।

माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको, राजीनामा दिएको नदेखिएकाले कारबाही गर्न नमिल्ने भन्दै सर्वोच्चले उनीहरूलाई पुनर्बहाली गरेको हो। मुद्दाको टुंगो नलाग्दासम्म आयोगले गरेको निर्णय कार्यन्वयन नगर्न आदेश भएको छ।

माओवादी केन्द्रले पार्टीका तर्फबाट निर्वाचित साह र कुशवाहसहित विभिन्न जिल्लाका गरी १४ जना स्थानीय जनप्रतिनिधिलाई दल त्याग गरी एमालेमा प्रवेश गरेको आरोपमा पदमुक्त गर्न गत वैशाख १४ मा निर्वाचन आयोगमा पत्र पठाएको थियो। माओवादीको पत्रका आधारमा आयोगले असार ११ मा उनीहरू पदमुक्त भएको सूचना प्रकाशित गरेको थियो।

’प्रस्तुत निवेदनका निवेदकहरू नगर प्रमुख भएका र निजहरूले राजीनामा नदिएको एवं अर्को दल गठन गरेको भन्ने देखिँदैन। अर्को दलको सदस्यता लिएको अवस्था पनि प्रमाणयुक्त तवरबाट पुष्टि

हुन सकेको पाइँदैन’, आदेशमा छ, ‘नेपालको संविधानले संघीय संसदका सदस्य एवं प्रदेशसभाका सदस्यको दल त्यागसम्बन्धी व्यवस्था र स्थानीय कार्यपालिकाका प्रमुख लगायतहरूको दल त्यागसम्बन्धी व्यवस्था नै नितान्त भिन्न आधार र अवस्थाबाट गरेको देखिन्छ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित