आश्रयको खोजीमा मेलम्चीवासी

चौतारा, असार ४ गते । मेलम्ची नदीमा आएको बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ । मृतक तीन जनाको बिहीबार शव फेला परेको हो । बाढीमा बगेका १७ जना हराइरहेका छन् भने सम्पर्कविहीन भएका चार जना सम्पर्कमा आएका छन् ।
एक चिनियाँ नागरिक र एक भारतीय नागरिकको शव सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिकामा र एक जना चिनियाँ नागरिकको इन्द्रावती–११ मा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । सम्पर्कविहीन भएका त्रिपुरासुन्दरी–१ का देव खत्री, राम थापा, सुभाष जिरेल र कमल खत्रीको नेपाली सेनाले उद्धार गरेको छ । बाढीमा परी मेलम्ची नगरपालिका–४ का कुमार तामाङसहित दुई भारतीय र दुई जना चिनियाँ नागरिक घाइते भएका छन् । घाइतेको बी एन्ड बी र मेलम्ची सुरक्षा बेस क्याम्पमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उद्धार गरिएका ६५ जनालाई चिनो हाइड्रोपावर ललितपुरनजिक स्थानान्तरण गरिएको छ । त्यस्तै मेलम्ची खानेपानीमा कार्यरत मजदुर तथा बाढीबाट प्रभावित अन्य स्थानीयवासीसहित थप ९४ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा दुई भारतीय र एक चिनियाँ नागरिकसहित हेलम्बु गाउँपालिका–२ का माधव भण्डारी, ज्ञानेन्द्र कक्षपति र गणेश ज्योति, हेलम्बु–३ की टीकामाया खड्का, हेलम्बु–६ का च्याङ्गा तामाङ र काली तामाङ, हेलम्बु–१ का सुनील, पूर्ण, कामी तामाङ र उहाँकी आमा, चौतारा साँगाचोकगढी नगरपालिका–१४ का सुरेन्द्र नेपाल, ठेगाना नखुलेको होमराज घिमिरे र विजय बासुमन्तरी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
मङ्गलबार दिउँसो हेलम्बु गाउँपालिका–१ को रितेकतेकमा पहिरोले खोला थुनिएर एक्कासि खुल्दा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएको हो । रितेकतेकमा मेलम्ची खोला दुई पहाडबीचको खोँच भएर बग्ने र खोला थुनिएर फुटेकोजस्तो देखिएको हेलिकप्टरबाट अवलोकन गरेर फर्किनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं त्यस क्षेत्रका सांसद शेरबहादुर तामाङले बताउनुभयो । “माथिल्लो क्षेत्रमा पनि जोखिम कायमै देखिन्छ, रितेकतेकमाथि पनि स–साना पहिरो गएको जस्तो देखिन्छ तर मौसम नखुलेकोले प्रस्ट देख्न सकिएन,” मन्त्री तामाङले भन्नुभयो ।
बाढीका कारण हेलम्बु–१ को तिम्बु, नागोटे, हल्दे र मेलम्ची १० र ११ जोड्ने चारवटा पक्की पुल, मेलम्ची–हेलम्बु क्षेत्रका पाँचवटा झोलुङ्गे पुल र सातवटा ट्राउट माछा फार्म बगेका छन् ।
मङ्गलबार रातिको बाढीले मेलम्ची बजारलाई बगर बनाउनुका साथै हेलम्बु क्षेत्रमा ठूलो क्षति पुगेको छ । मेलम्चीदेखि तिम्बुसम्मको सडक नदीले कटान गरेको छ । नदीले कतिपय स्थानमा दायाँबायाँ पाँच सय मिटरमाथिसम्म कटान गरेको हेलम्बु–३ का सोम ज्योतिले बताउनुभयो । “सडक बगाएको छ, बजारमा खोला बगिरहेको छ । तिम्बुदेखि चनौटेसम्मका दुई सयभन्दा बढी घर बगेका छन्,” उहाँले भन्नुभयो ।
हेलम्बु क्षेत्रका तीन सयभन्दा बढी स्थानीयवासी सुरक्षित स्थान खोज्दै माथिल्लो क्षेत्रतर्फ गएका छन् । “तीन दिनदेखि कुखुराको खोर, पाहुना घर, बस्तुगोठ जे खाली छ, त्यहीँ बसिरहेका छौँ,” हेलम्बु–३ का गणेशकिरण ज्योतिले बताउनुभयो । “माथि बसेर आफ्नो घर बगाएको हेर्ने पालो कुरेर बसिरहेका छौँ,” उहाँले भन्नुभयो ।
यसैगरी पाँचपोखरी गाउँपालिका–३, लार्केखोलामा आएको बाढीले नदी किनारका सबै संरचनामा क्षति पु-याएको पाँचपोखरी–३ का अध्यक्ष निमाछिरिङ तामाङले जानकारी दिनुभयो । “हिँउ पहिरोले क्षति पु¥याएको हुनुपर्छ,” तामाङले भन्नुभयो, “करिब ५० घर विस्थापित भएका छन् ।”
बाढीबाट विस्थापित हेलम्बु–मेलम्ची क्षेत्रका पीडित परिवार सुरक्षित स्थान खोज्दै माथिल्लो क्षेत्रतर्फ गइरहेका छन् ।

मेलम्चीका अधिकांश पीडितले इन्द्रेश्वरी माध्यमिक विद्यालय र नेपाली सेनाको ब्यारेकमा आश्रय लिइरहेका छन् ।
बाढीले इलाका प्रहरी कार्यालय हेलम्बु, प्रहरी चौकी तालामाराङ, सशस्त्र प्रहरी बल अस्थायी चेक पोस्ट हेलम्बु र सुरक्षा पोस्ट बगाएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ । हराइरहेका नागरिकको खोजी, पीडितको उद्धार र राहतका काम निरन्तर भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो ।
बिहीबार गृह मन्त्रालयबाट सय थान टेन्ट, २५० थान त्रिपाल, ५० थान स्लिपिङ ब्याग र बागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ४८ बोरा चामल, दुई बोरा नुन, २३ बोरा चिउरा तथा चाउचाउलगायतका सामग्री उपलब्ध गराइएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
बाढीपीडितका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले हेलम्बु र मेलम्चीलाई तीन÷तीन लाख रुपियाँ सहयोगको घोषणा गरेको छ । काठमाडौँवासीलाई खानेपानी उपलब्ध गराउने मुहान क्षेत्रको विपत्तिमा मेलम्ची र हेलम्बुलाई कागेश्वरी, मनोहरा र गोकर्णेश्वर नगरपालिकाले क्रमशः १०/१० र पाँच लाख रुपियाँ सहयोगको घोषणा गरेको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो । दुई करोडको सहयोग बाढीग्रस्त क्षेत्रको पुनर्निर्माणमा खर्चिने गरी काठमाडौँ महानगरपालिकासँग समन्वय भएको समेत मन्त्री तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

विदेशमा रहेका नेपालीलाई मतदानका लागि मोडेल प्रस्ताव सिंहदरबारमा मङ्गलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरू गुरू प्रसाद वाग्ले र डा राजीब सुब्बाको सुनुवाई गरिँदै । तस्बिर: भीष्मराज ओझा/रासस गोरखापत्र अनलाइन  १२ साउन २०८३, मङ्गलबार  २१ मिनेट पहिले शेयर गर्नुहोस: फन्ट परिवर्तन गर्नुहोस: काठमाडौँ, साउन १२ गते।निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनमा सहभागी गराउन विभिन्न मुलुकमा प्रचलित पाँच प्रमुख मतदान प्रणाली अवलम्बन गर्न सकिने सुझाव दिनुभएको छ। सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न उपयुक्त प्रणाली लागू गर्नुपर्ने बताउनुभएको हो निर्वाचनसम्बन्धी अध्ययन प्रतिवेदनमा विदेशमा रहेका मतदातालाई मतदान प्रक्रियामा सहभागी गराउन मतपेटिकामा आधारित मतदान, हुलाकमार्फत मतदान र प्रतिनिधिमूलक मतदान प्रणाली प्रभावकारी विकल्पका रूपमा उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार मतपेटिकामा आधारित मतदान प्रणालीमा मतदाता आफू रहेको देशस्थित नेपाली दूतावास वा तोकिएको मतदान केन्द्रमा पुगेर प्रत्यक्ष मतदान गर्न सक्छन्। यो प्रणाली विश्वभर सबैभन्दा बढी प्रयोग हुने भए पनि व्यवस्थापकीय हिसाबले खर्चिलो र चुनौतीपूर्ण मानिन्छ। ब्राजिल, फ्रान्स, दक्षिण अफ्रिका र मेक्सिकोलगायतका मुलुकले यस प्रणालीको अभ्यास गर्दै आएका छन्। यस्तै, हुलाकमार्फत मतदान प्रणालीमा मतपत्र सम्बन्धित मतदाताको विदेशस्थित ठेगानामा पठाइन्छ र मतदाताले मतदान गरी हुलाकमार्फत फिर्ता पठाउने व्यवस्था हुन्छ। धेरै देशमा छरिएर रहेका नागरिकका लागि यो प्रणाली उपयोगी मानिए पनि हुलाक सेवाको विश्वसनीयता र समयमै मतपत्र प्राप्त हुने विषयमा निर्भर रहने प्रतिवेदनमा उल्लेख छ। बंगलादेशले हालै सम्पन्न निर्वाचनमा यो प्रणाली प्रयोग गरेको तथा अस्ट्रेलिया, क्यानडा, जर्मनी र सिंगापुरलगायतका मुलुकले पनि यस प्रणाली अपनाएका छन्। प्रतिवेदनले प्रतिनिधिमूलक मतदान (प्रोक्सी मतदान) प्रणालीलाई पनि अर्को विकल्पका रूपमा औँल्याएको छ। यस प्रणालीमा विदेशमा रहेका मतदाताले आफ्नो तर्फबाट मतदान गर्न एक प्रतिनिधि तोक्ने व्यवस्था हुन्छ, जसले मतदाताको प्रतिनिधित्व गर्दै मतदान गर्छ। प्रतिवेदनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न नेपालको आवश्यकता, स्रोत–साधन र प्राविधिक क्षमताअनुसार उपयुक्त मतदान प्रणाली छनोट गरी आवश्यक कानुनी र प्रशासनिक व्यवस्था गर्न सुझाव दिएको छ।

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

मितव्ययिताको नाममा कानुन र संविधानविपरीत कार्य गर्न नमिल्ने भन्दै बिज्ञापन सम्बन्धि सरकारको निर्णय सर्वोच्चद्वारा खारेजी

बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो

देशभरका अदालतले एक वर्षमा ५५ प्रतिशत मुद्दा फर्स्योट

सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४

काठमाडौँसहित ३५ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

साउन ३, काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आइतबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका साना नदी तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले

1