पशुपति क्षेत्रमा माग्नेको चहलपहल

काठमाडौँ, जेठ २९: पशुपति क्षेत्रको गौरीघाट, उमाकुण्ड, वनकाली क्षेत्रमा माग्नेको सङ्ख्या बढ्न थालेको छ । मागेर खानु नपरोस् भनेर कतिपय सुधार केन्द्रमा लगिएका धमाधम उम्किएर पुरानै स्थानमा माग्न आइपुगेका छन् । पशुपति क्षेत्रलाई मगन्तेविहीन क्षेत्र घोषणा गरिए पनि यहाँ नयाँ अनुहारका मगन्तेको आगमन दिनहुँ बढेको छ । साथै पुराना र नयाँबीच झगडा पनि हुने गरेको स्थानीयवासीको भनाइ छ । प्रहरी प्रभाग गौशालाका प्रमुख जितेन्द्र बस्नेतका अनुसार कतिपय माग्नेलाई सुधार केन्द्र वा आश्रममा लगिए पनि भागेर यही क्षेत्रमा आउने गरेका छन् ।

पशुपति क्षेत्रमा मगन्तेलाई दालभात खान दिने केही संस्थाका कारण पनि माग्नेको आकर्षणमा यो क्षेत्र पर्न गएको प्रहरीको भनाइ छ । प्रमुख बस्नेत भन्नुहन्छ, ‘‘तीलगङ्गामा भात बाँड्ने भएकाले माग्नेहरू आउँछन् । भीड नगरभन्दा भात खान दिएन भन्छन् । मागेर खाने भए पनि महँगा मोबाइल बोकेर प्रहरीको तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्छन् । स्थिति कठिन भए पनि प्रहरीले व्यवस्थापन गर्दै आएको छ ।’’

काठमाडौँको कालभैरव क्षेत्र, मखन महादेव क्षेत्र, ज्ञानेश्वर महादेव लगायतका देवस्थल आसपास नयाँ अनुहारका माग्नेहरूको जमघट बढेको छ । धर्मचक्र महाविहारका गुठियार भुवन शाक्यका अनुसार विहार वही र चैत्य आसपास पनि माग्नेहरू देखा परेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का स्थानीय नेता रमेशसिंह डङ्गोलका अनुसार ग्रह दशा मन्साउन माग्नेलाई द्रव्य दान गर्न चाहने भक्तका कारण पनि यो क्षेत्रमा समस्या बढेको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले हालको निषेधाज्ञाका कारण माग्नेलाई सुधार केन्द्रमा पठाउन नसकिएको बताउनुभयो । सुधार केन्द्रमा लगिएका पनि फर्केर सडकमै आउन थालेको उहाँको भनाइ छ ।

पशुपतिमा दशकौँ मगन्ते जीवन व्यतित गरिरहनुभएका सिरहा गोलबजारका राजेश साह मीठो खान पाइने, खर्चका लागि पैसा पनि पाइने भएकाले आफूजस्तै यहाँ थुप्रैको गुजारा चलेको बताउनुहुन्छ । डेराभाडा तिर्न पनि माग्न आउनै प¥यो उहाँ भन्नुहुन्छ । गौरीघाट, कुमारीगाल, चावहिल, गौशाला लगायत पशुपति क्षेत्र आसपासमा मासिक सात हजार रुपियाँसम्म डेराभाडा तिरेर बस्ने मगन्तेको यहाँ बाहुल्यता रहेको साह बताउनुहुन्छ ।

ठूलो सदावर्त, सानो सदावर्त, सप्तमी तिथिको खीर भोजन र रणोद्दीपसिंहको दैनिक श्राद्ध भोजनसमेत यहाँ साबिकअनुसार चल्न छोडिसकेको छ । तर पनि साहुमहाजनबाट भोजन गराउने परम्पराले गर्दा पशुपति क्षेत्र माग्नेहरूबाट मुक्त हुन नसकेको अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना