बुधबार इजलासमा के-के भयो ?

काठमाडौं,जेठ २७,इजलास गठनका विषयमा भएको विवादका कारण यसअघिका सुनुवाइमा विषय प्रवेश हुन पाएको थिएन। बुधबार पनि विवाद जारी रहने र सुनुवाइ प्रभावित हुने अनुमान कानुन व्यवसायीले गरेका थिए। तर यस दिन सुरुमै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अब विवाद अघि नबढाउन भन्दै यही इजलासले मुद्दाको फैसला गर्ने अडान राखेका थिए।  

त्यसपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडाले प्रधानन्यायाधीशको भनाइमा बल पुग्नेगरी यही संवैधानिक इजलासको विकल्प नभएको बताएका थिए। ‘संविधानले नै प्रधानन्यायाधीशको विकल्प दिँदैन। बाँकी हामी चारजना न्यायाधीश एउटै डुंगामा छौं। यो संयोग हो, हाम्रो रहर थिएन’, न्यायाधीश खतिवडाले भने, ‘संयोगले यो जिम्मेवारीमा छौं। अब जिम्मेवारीबाट भाग्दैनौं। जिम्मेवारीअनुसार यस मुद्दालाई तार्किक निष्कर्षमा पु¥याउने हो।’ उनले अब इजलास गठनसम्बन्धी कुनै प्रश्न नउठाउनसमेत आग्रह गरे। उनले भने, ‘हामी त्यो सुन्दैनौं।’  

इजलास गठनलाई अनावश्यक रूपमा विवादमा ल्याइएको भन्दै चिन्ता व्यक्त गरेका उनले बितेका १२ दिन सबैका लागि बिर्सनलायक रहेको बताए। त्यसपछि सरकारी पक्ष र रिट निवेदक पक्षबाट कसैले पनि प्रतिउत्तर दिएनन्। लगत्तै बहस सुरु भयो।

बहसमा सहभागी हुँदै विघटित प्रतिनिधिसभाका १४६ जना सदस्यतर्फका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता शम्भु थापाले ३० दिनभित्र विश्वासको मत नलिएपछि प्रधानमन्त्री हुनै नसक्ने जिकिर गरे। ‘विश्वासको मत प्राप्त हुन नसके पदबाट मुक्त हुन्छ। संविधानको धारा ७६ को संसद्मा अभ्यास हुनुपर्छ। सविधानको धारा ७५ पनि दाबी गर्ने अनि संसद्मै नजाने ? कोभिडको पहिलो लहरमा विघटन, दोस्रोमा पनि विघटन अब तेस्रोमा के हुने ? त्यसैले बहुमत सदस्य अदालत आएका छन्, अन्तरिम आदेश हुनुपर्छ’, थापाले भने।  

वरिष्ठ अधिवक्ता महादेव यादवले वैकल्पिक सरकार राष्ट्रपतिले बनाउन नचाहेकाले बन्न नसकेको तर्क गरे। यसअघिको विघटनमा पनि दुराशयको विषयमा व्याख्या भएको उनले बताए। ‘राष्ट्रपतिले केपी ओलीबाहेकको सरकार बन्ने देखेपछि दुराशय राखेर प्रायोजित रूपमा विघटन गर्नुभयो’, उनले भने।

यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र