कोरोना उपचारमा नेपाल सफल हुँदै

लन्डन, जेठ १७ गते । विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९)को दोस्रो लहरसँग जुधिरहेको नेपालको अवस्थालाई यहाँ रहेका नेपाली चिकित्सकले गहन रूपले हेरिरहेका छन् । पछिल्लो समय सङ्क्रमणसँगै निको हुने दर पनि बढ्दै जानु सन्तोषको कुरा भएको भन्दै उनीहरूले रोग लाग्नै नदिन र निको हुने दरलाई थप बढाउन अझ उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् ।
संयुक्त अधिराज्य (बेलायत)को डार्टफोर्डस्थित डारेन्ट भ्याली अस्पतालमा १५ वर्षदेखि श्वासप्रश्वास विशेषज्ञका रूपमा कार्यरत डा. सुधिर लोहनी नेपाली चिकित्सकहरूको प्रतिनिधि हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिलो त जहाँसुकै पनि सङ्क्रमण हुनै नदिने वातावरण बनाउनुपर्छ । सङ्क्रमित भइहालियो भने डराउनु भएन । हल्का लक्षण देखिएकाहरू अस्पताल जानै पर्दैन । सन्तुलित आहार, प्रशस्त झोलिलो कुरा र शरीरलाई चलायमान राख्न सकियो भने कोरोना निश्चित अवधिपछि आफैँ हराएर जान्छ । सन्चो छैन भनेर सुतेर बस्यो भने झन् गलाउँछ । त्यसैले श्वासप्रश्वाससम्बन्धी अभ्याससँगै कोठाभित्रै, भ-याङ वा बगैँचामा हिँड्डुल र कसरत अनिवार्य गर्नुपर्छ  ।” उहाँका अनुसार शरीर चलायमान नहुँदा शरीर कमजोर भएर जटिलता आउने सम्भावना रहन्छ । सक्रिय नहुँदा निमोनिया हुने, रगत जम्नेजस्ता समस्या हुन सक्छन् । सामान्य लक्षण भएकाले खासै औषधि लिनुपर्दैन तर खोकी छ भने मह उपयोगी हुन सक्छ ।
कुनै पनि भाइरसको एउटा निश्चित समय हुन्छ, त्यसपछि उसको सक्रियता रहँदैन र यो रुघाखोकी जस्तै । तर, कहिलेकाहीँ सङ्क्रमणको तह बढी हुँदा शरीरलाई कमजोर बनाउने, मांशपेसी, छाती दुख्ने, बेहोस हुने, ज्वरो नियन्त्रण नहुने र श्वास फेर्नसमेत कठिन हुन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहअनुसार अगाडि बढनुपर्ने चिकित्सको सुझाव छ । डा. लोहनी भन्नुहुन्छ, “तथ्यले ८० प्रतिशत मानिसलाई हल्का लक्षण देखाएको र ४० प्रतिशतले थाहा नपाएको स्थिति छ । त्यसैले आत्तिनुहुँदैन ।”
कोरोना लागिसकेका २५/३० प्रतिशत बिरामीलाई दीर्घकालीन असर देखिएको छ । विशेषगरी फोक्सोमा असर हुनाले श्वासप्रश्वासमा समस्या आउनुका साथै शरीर कमजोर हुने, थाक्ने, नसासम्बन्धी समस्या हुने र छाती दुख्ने समस्या पछिसम्म रहेको पाइएको छ । त्यसैले कोरोना पुनस्र्थापना केन्द्र बनाउन जरुरी छ ।
बेलायतमा यस्ता सेन्टरमार्फत बिरामीले सेवा लिइरहेको भन्दै डा. लोहनी थप्नुहुन्छ, “नेपालमा विभिन्न स्थानमा यस्ता सेन्टर बनाउनु आवश्यक छ । यससँगै रोग लागिसकेपछि र दीर्घ फिजियोथेरापीलाई बिरामीको अवस्था हेरेर प्रयोग गर्न सकिन्छ । यसले भविष्यमा निम्त्याउन सक्ने स्वास्थ्य जटिलतालाई ठीक गर्ने छ । भाइरसको प्रवृत्ति नै फैलिने भएकाले भीडभाड हुने स्थलबाट यो चाँडो फैलिन्छ । नेपाललगायत भारतका बजार बढी नै भीड हुने र मेला, विवाह, भोजलगायत हुने भएकाले पनि यहाँ सङ्क्रमण बढी हुन सघाउ पुग्यो । विशेष गरेर कमजोर, वृद्धवृद्धा, दीर्घरोगीलाई बढी असर गरे पनि पछिल्लो समयको नयाँ भाइरसले युवालाई बढी असर गरेको देखिन्छ ।
युरोपलगायतका विकसित र स्वास्थ्य क्षेत्रमा अब्बल मानिएका देशले पनि पहिलो चरणमा ठूलो मानवीय क्षति बेहोर्नुपरेको स्मरण गर्दै सरकारले उपचारको प्रत्याभूति गराउन सक्नुपर्ने सुझाव दिनुहुन्छ ।
नेपालमा कोरोना उपचारमा सुधार देखिन थालेको छ र सफलता प्राप्त गर्दै छ । बिरामी अस्पताल जान पाएको अवस्था छ । नयाँ रोग भएकाले सुरुमा केही अलमल भए पनि नेपालले उपचारमा राम्रो गर्दै छ । यद्यपि नेपालमा औषधिको प्रोटोकल बनाए एकरूपता भने ल्याउन जरुरी छ । अध्ययन अनुसन्धान गरेर पनि औषधिको प्रयोग आवश्यक भएको भन्दै उहाँ थप्नुहुन्छ, “वास्तवमा यो औषधिको अध्ययन गर्ने अवसर पनि हो, जुन पछिलाई प्रभावकारी हुन्छ । यसबाहेक सरकारले सबै तह र तप्कालाई स्वास्थ्य सेवा दिन सक्छ भन्ने प्रत्याभूतिको पनि वातावरण बनाउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

आज दिउँसो देशभर धेरै भारी वर्षाको सम्भावना, प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह

सावन ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानहरूमा

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा