चक्रवातको प्रभाव हावाहुरी

काठमाडौँ, जेठ १२ गते । बङ्गालको खाडीमा विकास भएको शक्तिशाली चक्रवात ‘यास’को प्रभाव नेपालमा देखिन थालेको छ । यो चक्रवातका कारण मङ्गलबार नेपालको पूर्वी र मध्यभागमा बदली र केही स्थानमा हावाहुरीसँगै वर्षा भएको छ ।
चक्रवातको असर नेपालमा झन्डै एक साता रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् समीर श्रेष्ठले शुक्रबारसम्म बढी असर देखिन सक्ने र त्यसपछि हल्का बदलीको अवस्थामा परिणत भएर चक्रवातको असर मत्थर हुने बताउनुभयो ।
बङ्गालको खाडीमा उत्पत्ति भएको न्यून चापीय प्रणाली विकास हुँदै सोमबार चक्रवातमा परिणत भएको ‘यास’ अझ धेरै शक्तिशाली हुने क्रममा रहेको छ ।
‘यास’ भारतको उडिसाबाट आठ सय किलोमिटरभन्दा टाढा बङ्गालको खाडीमा उत्पत्ति भएर उत्तर–पश्चिमतर्फ आइरहेको छ । नेपालका पूर्वी भागबाट उडिसाको दूरी झन्डै दुई हजार पाँच सय किलोमिटर छ । उडिसाबाट जमिनमा प्रवेश गर्ने यो चक्रवातले उडिसा र आसपासको क्षेत्रमा धेरै क्षति गर्ने अनुमान गरिएको छ ।
अति धेरै शक्तिशाली यो चक्रवातले १९० देखि दुई सय किलोमिटर प्रतिघण्टाको गति लिने अनुमान रहेकाले नेपालमा पनि केही असर पार्ने मौसमविद्को अनुमान छ ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार चक्रवात उत्तर–पश्चिम सर्दै बुधबार ‘अति धेरै शक्तिशाली’ बन्ने छ । उडिसामा गम्भीर असर पारेको खण्डमा यो चक्रवातले नेपालमा पनि मेघगर्जन, चट्याङ र हुरीसहित भारी वर्षा गराउने छ । यसको असर नेपालको पूर्वी भागमा बढी हुनेछ ।
प्रदेश १ को हिमाली र पहाडी भूभाग तथा बागमती प्रदेशका उच्च भेगमा हिमपात र हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यसपछि पूर्वबाट पश्चिम सर्दै जाने क्रममा बुधबार देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र