विपक्षी राजनीतिक दलहरू संविधानको व्याख्या खोज्दै सर्वोच्चमा

काठमाडौं, जेठ ११ः प्रतिनिधिसभाको बलात् विघटन गर्ने प्रधानमन्त्री ओलीको योजना र त्यसलाई लाहाछाप लगाइदिने राष्ट्रपतिको निर्णयका विपक्षमा राजनीतिक दलहरू संविधानको व्याख्या खोज्दै सर्वोच्च अदालत पुगेका छन् ।

गत पुस ५ गते पहिलोपटक ओलीले गरेको त्यस्तै निर्णयका विपक्षमा पनि सर्वोच्चमा मुद्दा परेको थियो । फागुन ११ गते उक्त मुद्दामाथि फैसला गर्ने क्रममा सर्वोच्चको संवैधानिक इजालासले प्रधानमन्त्री निर्वाचन गर्ने र वैकल्पिक सरकारको सम्भावना भए–नभएको विषय निक्र्योल गर्ने जिम्मेवारी प्रतिनिधिसभातिरै फर्काइदिएको थियो ।

सर्वोच्च अदालतले उक्त फैसलाका क्रममा गरेको महत्वपूर्ण व्याख्या भनेकै संविधानको धारा ७६ को १, २, ३, ४ र ५ को प्रयोग गर्ने र वैकल्पिक सरकार गठनका सम्भावना सकिएपछि मात्र अर्को निर्वाचनतिर जाने गरी यी सबै उपधाराको परीक्षण गर्ने जिम्मेवारी संसद्को हो, यस्तो मुद्दा लिएर संवैधानिक इजलास नगुहार भन्ने नै थियो ।

फैसलाले प्रधानमन्त्री या राष्ट्रपतिलाई वैकल्पिक सरकार बन्दैन भन्दै स्वविवेकीय अधिकार प्रयोग गर्न नपाइने गरी सचेत गराएको थियो । त्यसपछि राजनीतिक दल दर्तासम्बन्धी एउटा फैसला गर्दै अदालतले अर्को दलसँग नाम जुधाएर गरिने नयाँ दलदर्ताको काम वैधानिक नहुने भन्दै फैसला सुनायो, जसले तत्कालीन एमाले र माओवादी केन्द्रलाई अलग बनाइदियो । प्रधानमन्त्रीको पछिल्लो सिफारिस र राष्ट्रपतिको निर्णयहरू फेरि विवादमा छन् ।

यो संवैधानिक दृष्टिले गलत, प्रक्रियाका दृष्टिले कपटपूर्ण र सर्वोच्चको फैसलाको समेत बर्खिलाफ छ । यही विषयमा सर्वोच्चको यसअघिको फैसलाको पुनर्पुष्टिको माग गर्दै नेपाली कांग्रेस संसदीय दलका सभापति शेरबहादुर देउवाको नेतृत्वमा प्रतिनिधिसभाका बहुमत सदस्यहरू अदालत पुगेका हुन् । यससँगै राजनीतिक दलहरू तथा संसद्ले समाधान गर्नुपर्ने राजनीतिक मुद्दा अदालतमा पुगेको छ । यो नेपाली राजनीतिको पछिल्लो दुःखान्त पनि हुन पुगेको छ ।

राजनीतिक नेतृत्वका लागि संविधान आफैमा व्याख्या गरिरहनुपर्ने दस्ताबेज होइन, हुनु नहुने हो । पाँच वर्षपहिले मात्र यिनै राजनीतिक दल र यही नेतृत्वले धेरै वर्षको प्रयासमा वर्तमान संविधान बनाएको हो । संविधानले राजनीतिक स्थिरतालाई निकै महत्व दिएर धारा ७६ व्यवस्था गरेको बुझ्न सकिन्छ । यसले संसद्लाई सम्भावित सबै विकल्पहरू दिएको छ, प्रधानमन्त्री चुन्ने अवस्थाका लागि ।

बहुमत प्राप्त दलको नेता, दुई वा बढी दलको समर्थनबाट बहुमत जुटाउन सक्ने नेता, प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेता र प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन जुटाउन सक्ने सदस्यलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्ने, त्यसको परीक्षण गर्ने व्यवस्था संविधानले गरेको छ । अहिलेको घटनामा ७५ को ३ को प्रधानमन्त्रीका रूपमा शपथ खाएपछि विश्वासको मत पनि नलिने र प्रधानमन्त्रीबाट राजीनामा पनि नदिई षड्यन्त्रका भरमा आफै प्रधानमन्त्री रहँदै प्रतिनिधिसभा विघटनमा लैजान धारा ७५ को ४ र ५ लाई प्रयोग र परीक्षण गर्न दिइएन । यही विषय अहिलेको संकट हो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय