निर्वाचनमा जुट्न आयोगलाई निर्देशन

काठमाडौँ, जेठ ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका पदाधिकारीहरूसँग छलफल गर्नुहुँदै प्रधानमन्त्रीले यस्तो निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ अगाडि बढेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगका सबै आयुक्त र सचिव जानुभएको थियो । आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको अवस्था र निर्वाचन गर्नुपर्ने कारणलगायतका विषयमा प्रधानमन्त्रीसँग छलफल गरिएको जानकारी दिँदै तुरुन्तै निर्वाचन व्यवस्थापनको काम थाल्ने विषयमा कुराकानी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोग भोलिदेखि नै आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गर्न क्रियाशील हुनेछ ।”
निर्वाचनका लागि कानुनी प्रावधानअनुसार आयोगको काम अगाडि बढ्ने स्पष्ट पार्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, “निर्वाचन घोषणा भएदेखि मतदाता नामावली दर्ता रोक्नुपर्ने कानुनी व्यवस्था छ । तसर्थ आइतबारबाट यो कार्य रोकिने छ ।” सकेसम्म एकै चरणमा चुनाव गर्ने, सुरक्षाको व्यवस्था, आवश्यक बजेटको तयारी र स्रोत–साधनको तयारीमा आयोग जुट्ने थपलियाले स्पष्ट पार्नुभयो । निर्वाचनका लागि पर्याप्त समय भएको चर्चा गर्दै उहाँले १२० दिन आवश्यक पर्नेमा त्योभन्दा बढी नै समय भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत