सत्ता स्वार्थले जसपा एकता धरापमा

काठमाडौं,जेठ ८, नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षमध्ये महन्थ ठाकुर केपी शर्मा ओलीको पक्षमा र उपेन्द्र यादव शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाउन शुक्रबार दिनभर सक्रिय भए। सत्ताका लागि दुई अध्यक्ष दुई कित्तामा उभिँदा पार्टी एकता धरापमा पर्ने देखिएको छ। 

ठाकुरले पार्टीको लेडरप्याडमा प्रधानमन्त्री ओलीलाई समर्थन गरेको बेहोरा उल्लेख गर्दै हस्ताक्षर गरेका छन्। त्यस्तै जसपा संसदीय दलको नेताको हैसियतमा राजेन्द्र महतोले पनि संसदीय दलले ओलीलाई समर्थन गरेको बेहोराको पत्रमा हस्ताक्षर गरेका छन्। 

यादवले भने प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने पार्टी निर्णय नभएको बताएका छन्। एमाले अध्यक्ष ओलीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिसँग पेस गरेको दाबीमा ठाकुर र महतोको चिठीलाई पनि आधार मानिएको छ। ठाकुर र महतोको चिठीलाई आधार मानेर ओलीले जसपाका ३२ सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका छन्। ३२ जनामा बाबुराम भट्टराई र उपेन्द्र यादव पनि पर्छन। यादव र भट्टराईको समर्थन पनि आफूलाई भएको दाबी ओलीको छ। तर, भट्टराई र यादवले कुनै पनि हालतमा ओलीको पक्षमा जान नसकिने बताएका छन्।  

यादव नयाँ सरकार गनका लागि नेपाली कांग्रेसका सभापति देउवाको पक्षमा बहुमत पु¥याउन शुक्रबार दिनभर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगका बैठकमा सहभागी भए। कांग्रेस संसदीय दलको कार्यालयमा यादवले बैठक गरे भने नजिकै रहेको पूर्वराजपा संसदीय दलको कार्यालयमा ठाकुर र महतोले अर्को बैठक गरे। देउवालाई समर्थन गर्ने पार्टी कार्यकारिणी समितिको निर्णय भएको अध्यक्ष यादवले बताए। ओलीको पक्षमा ठाकुर र महतो लाग्नु दुर्भाग्यपूर्ण भएको यादवको भनाइ छ।  

यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त