सरकार बन्ने र भत्कने खेलको कारण बन्यो एमाले विवाद

काठमाडौं,eजेठ ८, नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ। एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा समस्या आएको हो। एमालेभित्रकै विवादका कारण पुर्नस्थापित प्रतिनिधिसभाले समेत राम्रोसँग काम गर्न नसकेपछि यो संस्थासहित ओली नेतृत्वको सरकार पनि धरापमा परेको छ।  

एमालेमा विवाद समाधानका लागि कार्यदल गठन भए पनि त्यसले राम्रोसँग काम सुरु नगर्दै थप विवाद खडा हुन थाल्यो। कार्यदलको शुक्रबारको बैठकमा समेत सरकार गठनलाई लिएर सबालजबाफ भएको एक सदस्यले बताए। बैठकमा पार्टीका २६ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको विषयमा छलफल भएको थियो। दुवै पक्षबीच हस्ताक्षर ‘दुरुपयोग’ का विषयमा सवाल जवाफ बैठकमा सहभागी सदस्यले भने।

वरिष्ठ नेता नेपाल निकट सांसदले देउवाका पक्षमा हस्ताक्षर गरेपछि पार्टी फुटको तहमा पुगेको तर्क प्रधानमन्त्री ओली निकट नेताले सुनाएपछि त्यही विषयमा बैठक केन्द्रित हुन पुग्यो। बैठकमा पार्टी एकता जोगाउने विषयमा छलफल भएको सदस्यहरूले बताए पनि कार्यदलको औचित्य नै सकिएजसरी कुराकानी भएको स्रोतको दाबी छ।

‘राष्ट्रिय परिस्थितिबारे सौहाद्र्रपूर्ण छलफल भयो, सबैले आआफ्ना दृष्टिकोण राख्नुभयो। छलफलमा पार्टी एकता जोगाउनुपर्छ भन्नेमा सबैबीच सहमति भएको छ। अर्को बैठक दुवै पक्षको सहमतिमा एकदुई दिनमा राख्नेगरी उठेका छौं,’ कार्यदलका सदस्य रघु पन्तले भने।  

यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त