खासगरी राष्ट्रिय सभासदस्यको उपनिर्वाचनमा विपक्षी दलको सहयोगमा नेपाल समूहले उम्मेदवार बनाएको थियो। एमालेको नेपाल समूह, विपक्षी कांग्रेस, माओवादी र जसपाले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा वाग्मती प्रदेशबाट डा। खिमलाल देवकोटालाई संयुक्त उम्मेदवार बनाएर मनोनयन दर्ता गराएका थिए।
कांग्रेस, माओवादी र एमाले नेपाल पक्षका वर्तमान तथा निवर्तमान सांसदसहित हेटौंडा–५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर देवकोटाले मनोनयन दर्ता गराए। मनोनयन दर्ताका लागि कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, माओवादी वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले साथ दिएका थिए।
देवकोटाको उम्मेदवारीको प्रस्तावक माओवादीका जम्कट्टेल र समर्थक कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घले थिए। राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जनता समाजवादी पार्टी जसपा को उपेन्द्र यादव पक्षको संयुक्त गठबन्धनले देवकोटालाई उम्मेदवार बनाएको थियो। एमाले ओली पक्षले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई उम्मेदवार बनाएको छ। उनको उम्मेदवारीको प्रस्तावक वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थक वाग्ममती प्रदेश सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन्। एमालेका लागि कुन उम्मेदवार आधिकारिक भन्ने स्पष्ट भैसकेको छ।
पार्टी विवाद मिलाउने क्रममा ओली १० सदस्यीय कार्यदल बनाएर अघि बढेपछि थापा नै आधिकारिक उम्मेदवार भएको स्पष्ट छ। उम्मेदवारी दिने क्रममा नेपाल पक्षलाई साथ दिएका कांग्रेस र माओवादीले आफ्नो उम्मेदवारी पनि दिन पाएनन्। यही जेठ ६ गते हुने उपनिर्वाचनमा कांग्रेस र माओवादीका मतदाताले कसलाई मतदान गर्ने भन्ने समस्या परेको छ।
नेपाल पक्षका देवकोटालाई उम्मेदवार बनाएपछि विपक्षी दलहरूले सरकार निर्माणमा नेपालको सहयोग खोजेका थिए। तर नेपाल समूहले नयाँ सरकार निर्माणमा विपक्षीलाई सहयोग गरेन। नेपाल पक्षको सहयोगबिना विपक्षी दल कांग्रेस, माओवादी केन्द्रसहितको सरकार बन्न सक्ने अवस्था थिएन। नेपाल पक्षले उचित राजनीतिक कदम चाल्न नसक्दा बिहीबार साँझ संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले अध्यक्ष ओलीकै नेतृत्वमा सरकार गठन भयो। यो समाचारनागरिक दैनिकमा छ ,।
काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले
असोज २२,काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार