गाँस कटाएर श्रमिकले पठाए सिलिन्डर

काठमाडौं,जेठ २,आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् । 

कुवेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत बाँकेकी दुर्गा ढकालको मनमा छटपटी छ । घरगाउँबाट अक्सिजन छैन भन्दै फेसबुकमा छिनछिन आइराख्ने सन्देशले मुटुमा घोच्छ । ‘फेसबुकको सन्देशले नेपालको अवस्था साँच्चिकै कहालीलाग्दो देखाउँछ,’ उनले भनिन्, ‘सास फेर्न नसकेको भिडियो देख्दा यो मन छियाछिया हुन्छ ।’

नेपालमा अक्सिजन पठाउन पाए हुन्थ्यो भन्ने लागिरहेका बेला गैरआवासीय नेपाली संघ कुवेतको सूचना आयो– ‘अक्सिजनको सिलिन्डर पठाउन आर्थिक सहयोग गरौं ।’ त्यो सूचना पाएकै दिन ढकालले एक दिनको तलब दिइन् । ‘हामी एभेन्युज मलमा क्लिनिङको काम गर्ने झन्डै एक सय ३५ जना दिदीबहिनी र दुई सय दाजुभाइ होलान् । सबै मिलेर एकै दिन एक लाख ५२ हजार रुपैयाँ उठायौं,’ उनले भनिन्, ‘यसले मनमा ठूलो सान्त्वना मिलेको छ ।’

एनआरएनए, कुवेतका अध्यक्ष सुजन केसीका अनुसार सिलिन्डर पठाउने अभियानमा कुवेतबाट मात्रै १० लाख रुपैयाँ संकलन भयो । ‘यो अभियानमा घरमा काम गर्ने दिदीबहिनी तथा दाजुभाइको पनि योगदान छ,’ उनले भने, ‘अहिले सबैको मनमा देशमा बढीभन्दा बढी अक्सिजनको सिलिन्डर पठाउन पाए हुन्थ्यो भन्ने छ ।’ यो समाचारकान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद