सामान्य अवस्थामा घरकै एकान्तबास उचित

काठमाडाैं, वैशाख २३ः कोरोना भाइरस सङ्क्रमितहरू सामान्य अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने र स्वास्थ्य अवस्था जटिल भएमात्र अस्पताल जानु उचित हुने सुझाव कतिपय चिकित्सकको छ । सङ्क्रमित होम आइसोलेसनमा सचेत भएर बस्दा तनावबाट केही हदसम्म भए पनि सहज हुने चिकित्सकहरूको सुझाव छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ प्राडा रवि शाक्य भन्छन्, “कोरोना सङ्क्रमित व्यक्ति सहज भएको खण्डमा होम आइसोलेसन बसेमा तनाव कम हुन्छ तर स्वास्थ्यमा केही समस्या तथा आफूलाई असजिलो महसुस भयो भने तुरुन्त अस्पताल जानुपर्छ ।” अहिले कोरोनाको नयाँ स्वरूप पहिलेभन्दा फरक भएको अनुभव व्यक्त गर्दै उनले अक्सिजनको मात्रा ९२ भन्दा कम भयो भने सम्बन्धित स्वास्थ्यकर्मीसँग परामर्श लिने तथा अस्पतालमा आउन पनि अनुरोध गरे ।

“असजिलो हुँदा अस्पतालमा आउँदा केही बिग्रँदैन तर आफूलाई स्वास्थ्यमा समस्या छैन । कोरोनाको साधारण लक्षण मात्र छ भने घरमा आइसोलेसन नै राम्रो हुन्छ । अस्पतालमा धेरै बिरामीको अवस्था देखेर मानसिक तनाव हुन्छ,” उनको सुझाव छ । उनका अनुसार शय्याको कमी अस्पतालमा छँदै छ तर धेरै बिरामीको अवस्था कठिन भएको देख्दा बिरामीको आत्मबलमा कमी आउँछ ।

“आज राम्रो भएको बिरामी भोलि सघन कक्ष (आईसीयू)मा पुग्दा आफू पनि पुग्ने हो कि भन्ने चिन्ता त छँदै छ आफ्नो मान्छेसँग भेट नहुनुको पीडा थप हुन्छ । त्यसैले घरमा सही तरिकाले आइसोलेसनमा बस्दा राम्रो हुन्छ भन्ने सुझाव दिएको हुँ,” डा.शाक्यले प्रष्ट पारे ।

श्वासप्रश्वासमा कठिन, छाती भारी हुने, आँखा रातो हुने, रिङ्गटा लाग्ने, ज्वरो कम नहुने, दिसा लगातार लागिरहने जस्ता समस्या आए अस्पतालमा सम्पर्क गर्नुपर्ने उनको सुझाव छ । डा. शाक्य भन्छन्, “घरको एकान्तबास बस्दा भेन्टिलेसन र खुला हावा आउने ठाउँ हुनु अनिवार्य छ । गाेरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार