सेयर बजारमा सुधार

काठमाडौँ बैशाख १५: आइतबार र सोमबार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार सुधार भएको छ । बढ्दो कोभिड संक्रमण र लकडाउनको हल्लाका कारण दुई दिनमै बजार १४० अंकले घटेको थियो । मंगलबार भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९२.४६ अंकले बढेर २५९९.७ अंकमा पुगेको छ ।

नेप्से वृद्धि भए पनि कारोबार रकम र कम्पनीको संख्या भने घटेको छ । यस दिन २१६ कम्पनीका १ करोड २ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार सबै समूहगत परिसूचक पनि बढेका छन् । यसदिन बैंकिङ ४५.१३, व्यापार १९०.७२, होटल तथा पर्यटन ३९.३५, विकास बैंक ९३.७६, जलविद्युत १५३.०८, फाइनान्स ३५.३७, निर्जीवन बिमा ५४३.२७, उत्पादन २३९.०३, अन्य ६९.६५, माइक्रोफाइनान्स २३७.८५, जीवन बिमा ५५८.६३, लगानी ४.३४ र म्युचुअल फण्ड ०.१८ अंकले बढेको छ ।

कोभिडले व्यापार–व्यवसाय प्रभावित भएपछि उद्योगी व्यापारीदेखि सर्वसाधारणसम्म सेयर बजारमा आकर्षित भएपछि सेयर बजारमा उच्च अंकले बढ्दै वैशाख २ गते २७३५.४० अंकमा पुगी रेकर्ड कायम गरेको थियो ।

सरकारले वैशाखभर निषेधाज्ञा घोषणा गरे पनि सेयर बजार सञ्चालन हुने भएपछि लगानीकर्तामा सकारात्मक सन्देश फैलिएको विश्लेषण गरिएको छ । लकडाउनमा पनि अत्यावश्यक सेवा अन्तर्गत बैंक तथा वित्तीय संस्थाका साथै सेयर बजार खुल्ला रहने प्रशासनले जनाएको छ । आजको कारोबार दैनिक बाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित