सेयर बजारमा सुधार

काठमाडौँ बैशाख १५: आइतबार र सोमबार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार सुधार भएको छ । बढ्दो कोभिड संक्रमण र लकडाउनको हल्लाका कारण दुई दिनमै बजार १४० अंकले घटेको थियो । मंगलबार भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९२.४६ अंकले बढेर २५९९.७ अंकमा पुगेको छ ।

नेप्से वृद्धि भए पनि कारोबार रकम र कम्पनीको संख्या भने घटेको छ । यस दिन २१६ कम्पनीका १ करोड २ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार सबै समूहगत परिसूचक पनि बढेका छन् । यसदिन बैंकिङ ४५.१३, व्यापार १९०.७२, होटल तथा पर्यटन ३९.३५, विकास बैंक ९३.७६, जलविद्युत १५३.०८, फाइनान्स ३५.३७, निर्जीवन बिमा ५४३.२७, उत्पादन २३९.०३, अन्य ६९.६५, माइक्रोफाइनान्स २३७.८५, जीवन बिमा ५५८.६३, लगानी ४.३४ र म्युचुअल फण्ड ०.१८ अंकले बढेको छ ।

कोभिडले व्यापार–व्यवसाय प्रभावित भएपछि उद्योगी व्यापारीदेखि सर्वसाधारणसम्म सेयर बजारमा आकर्षित भएपछि सेयर बजारमा उच्च अंकले बढ्दै वैशाख २ गते २७३५.४० अंकमा पुगी रेकर्ड कायम गरेको थियो ।

सरकारले वैशाखभर निषेधाज्ञा घोषणा गरे पनि सेयर बजार सञ्चालन हुने भएपछि लगानीकर्तामा सकारात्मक सन्देश फैलिएको विश्लेषण गरिएको छ । लकडाउनमा पनि अत्यावश्यक सेवा अन्तर्गत बैंक तथा वित्तीय संस्थाका साथै सेयर बजार खुल्ला रहने प्रशासनले जनाएको छ । आजको कारोबार दैनिक बाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक