एमाले–जसपा सत्ता सहकार्य पक्का

बैशाख ३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएका आएको मागप्रति प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेकाले सत्ता सहकार्य हुने भएको हो ।

प्रधानमन्त्री  ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच विहीबार भएको छलफलमा दुई पक्षबीच सहमतिको ढोका खोल्ने समझदारी भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुबै दलले गठन गरेको कार्यदलका सदस्यसमेत सहभागी रहेका थिए । ओली र ठाकुरबीच भएको भेटवार्तापछि कार्यदलको संयुक्त बैठक बसेर अहिलेसम्म भएका प्रगतिका विषयमा छलफल भएको थियो । जसपाका कार्यकारिणी समितिका सदस्यसमेत रहेका वार्ता टोलीका सदस्य लक्ष्मणलाल कर्णले आफूहरुले उठाउँदै आएको माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताए ।

उनले भने, ‘हाम्रा माग सम्बोधन गर्न प्रक्रिया अघि बढेको छ । हाम्रो छलफल सकारात्मक रुपमा अगाडि उडाउने सहमति हामीबीच भएको छ । प्रधानमन्त्री आफैं हाम्रो माग सम्बोधन गर्न निरन्तर लागिरहेको जानकारी प्राप्त भएको छ ।’ यो समाचारराजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र