छ हजार ७४२ वटा वडाकै प्रोफाइल निर्माण गरिने

काठमाडौं,चैत २७,राष्ट्रिय जनगणना–२०७८ पछि सबै वडाको प्रोफाइल बन्ने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले देशका ७५३ स्थानीय तहका छ हजार ७४२ वटा वडाकै प्रोफाइल निर्माण गर्ने गरी प्रश्नावली तयार गरेपछि वडा प्रोफाइलका लागि उपयोगी हुने भएको हो । मुलुक सङ्घीय व्यवस्थामा गइसकेपछि अहिले भएका सबै वडा नयाँ हुन् । वडाको पूर्ण रूपमा वास्तविक विवरणसहितको तथ्याङ्क अभावमा अहिले पनि विकास निर्माण, सेवा प्रवाह, नीति निर्माण र कार्यान्वयनमा असहजता कायम छ ।

केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले विभागले सरकारको नीति निर्माणमा थप टेवा पु¥याउन सबै वडाको प्रोफाइल निर्माण हुने गरी प्रश्नावली तयार गरेको बताए । उनले भने, “सम्बन्धित वडाले चाहेकै जस्तो प्रोफाइल निर्माण नभए पनि वडा कार्यालय सञ्चालनका लागि आवश्यक तथ्य र तथ्याङ्क आउनेछ । वडाको प्रोफाइल निर्माण भएपछि आगामी दिनमा वडाले कस्तो नीति र योजना बनाउँदा नागरिकमैत्री बन्नसक्छ भन्ने चित्रण गर्न सकिन्छ ।”

उनका अनुसार आगामी जनगणनाबाट वडाभित्रका जातजाति, धर्म, सेवा प्रवाह, राज्यले प्रदान गर्ने सुविधाको पहँुच, स्पष्ट रूपमा आउनेछ । बस्ती, गाउँ, टोलको सङ्ख्या, वडा कार्यालयबाट टाढा रहेको बस्ती, गाउँ, टोलमा जाने नागरिकले प्रयोग गर्ने साधन, वडामा उत्पादन हुने कृषिजन्य र गैरकृषिजन्य अवस्थाका विवरण आउनेछ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक