स्वास्थ्य सतर्कतासँगै शैक्षिक गतिविधि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै शैक्षिक कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । जेठमा तय गरिएका परीक्षा कार्यक्रम सोहीअनुसार नै सञ्चालन हुने जानकारी उहाँले दिनुभयो ।
कोरोनाको नयाँ ग्राफ कसरी अगाडि बढ्छ भन्ने आधारमा तत्काल कुनै नयाँ निर्णय हुनसक्ने सम्भावनासमेत रहेको भन्दै उहाँले हाल परीक्षाको कार्यतालिका हेरफेर सम्बन्धमा नसोचिएको र कुनै छलफलसमेत नभएको जानकारी दिनुभयो । यसमा स्थानीय तहहरूले पनि विद्यालयलाई सचेत गराउनुपर्ने र आवश्यकताअनुसार अनुगमनसमेत गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सुरक्षा सबैले अपनाउनुपर्ने स्पष्ट गर्दै आउँदो जेठ, असार महिनामा कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्न सक्ने भन्नुभएको थियो । स्वास्थ्य मापदण्ड प्रभावकारी रूपमा पालना नभए कोरोना पुनः उच्च बिन्दुमा पुग्न सक्ने चेतावनीसमेत उहाँले दिनुभएको थियो ।
छिमेकी मुलुक भारतमा सङ्क्रमण उच्च गतिमा बढ्दो क्रममा रहेकोले त्यसको असर नेपालमा समेत पर्न सक्ने भन्दै मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिनुभएको थियो । उहाँको यो धारणासँगै विद्यालय तहको परीक्षा कार्यतालिकामा हेरफेर हुनसक्ने आकलन गरिए पनि शिक्षाका अधिकारीहरूले अहिलेसम्म यस विषयमा नसोचिएको स्पष्ट पारेका हुन् । पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै कक्षा १० र १२ को परीक्षाको तयारी अघि बढेको जनाइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ १३ गतेदेखि गर्ने निर्णय गरिसकेको छ । यसका साथै जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको
 छ । सरकारले जेठभित्र विद्यालय तहका अन्य कक्षाको परीक्षा पनि पूरा गर्न र असारबाट नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने निर्णय गरेकोले सबै कक्षाको अन्तिम परीक्षा जेठभित्रै सक्नुपर्ने अवस्था छ ।
बोर्डले कार्यतालिकामा परिमार्जन गरेबाहेक परीक्षामा कुनै परिमार्जन नहुने जनाएको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले जेठभित्र परीक्षा सक्न सरकारले समय दिएपछि आफूहरूले परीक्षाको कार्यतालिका दिएको स्पष्ट गर्दै कोरोनाका कारण अहिले नै कार्यतालिकामा परिमार्जन गरिने अवस्था नरहेको बताउनुभयो । शैक्षिक सत्रको टुङ्गो लगाउने जिम्मेवारी सरकारको रहेकोले यसमा बोर्डको कुनै नयाँ निर्णय हुन नसक्ने उहाँले स्पष्ट गर्नुभयो ।
कक्षा ११ को असारमा गर्न सकिने
विद्यालयहरूले कक्षा ११ को परीक्षा असारमा लिन सक्ने भएका छन् । बोर्डका अध्यक्ष डा. पौडेलले कक्षा ११ को पठनपाठन पूरा गर्न समय लिन सक्ने भन्दै असारमा कक्षा ११ को परीक्षा गर्ने सम्भावना देखिएको बताउनुभयो । कक्षा ११ को परीक्षाको कार्यतालिका र परीक्षा सञ्चालन विद्यालयले नै गर्न सक्ने अधिकार बोर्डले दिएको छ । विद्यालयले आन्तरिक कार्यतालिका मिलाएर परीक्षा लिन सक्ने जानकारी बोर्डले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र