जेठदेखि मोबाइल मनी

काठमाडौँ, चैत १९ गते । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्कले संयुक्त रूपमा ल्याउन लागेको मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने भएको छ । मोबाइल ब्यालेन्सको प्रयोग गरी इन्टरनेट नभएको अवस्थामा पनि कारोबार गर्नसक्ने उक्त सुविधा ढिलोमा जेठदेखि सुरु हुने नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनडीपीसी)का प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । बुधबार आयोजित भर्चुअल कार्यक्रममा उहाँले अहिले मोबाइल मनी सञ्चालनका लागि प्राविधिक रूपमा काम भइरहेको बताउनुभयो ।
कार्यक्रममा उहाँले डिजिटल भन्नासाथ निःशुल्क हुनुपर्छ भन्ने आमधारणामा परिवर्तन आवश्यक रहेको पनि बताउनुभयो । डिजिटलाइजेसनका लागि ठूलो पुँजी लगानी गर्नुपर्ने भएकाले त्यसलाई भरपर्दो र दिगो बनाउन पनि पूर्ण रूपमा निःशुल्क गर्नु सम्भव नहुने उहाँको भनाइ छ । त्यस्तै डिजिटल फाइनान्सलाई द्रुत गतिमा अगाडि बढाउन उपकरण आयातमा छुट र सुविधा उपलब्ध गराउने पर्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्ने उहाँको सुझाव थियो ।
कार्यक्रममा नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ)का अध्यक्ष विक्रम श्रेष्ठले डिजिटल वित्तीय पहुँच विस्तारका लागि गुणस्तरीय इन्टरनेट पहिलो सर्त हुने बताउनुभयो । पूर्वाधारका लागि नीतिगत सहयोग पनि महŒवपूर्ण हुने उहाँको भनाइ थियो । “नेपाल राष्ट्र बैङ्कको नीतिकै कारण सुरु भएको छोटो समयमै क्यूआर कोड प्रयोगकर्ता दुई लाखभन्दा बढी पुगिसकेका छन्,” उहाँले भन्नुभयो । सम्पूर्ण कारोबारलाई पूर्ण रूपमा नगदरहित बनाउन सम्भव नभए पनि नगदको प्रयोगलाई कम गर्न भने सम्भव भएको उहाँले बताउनुभयो । कार्यक्रममा उहाँले नेपाली भाषामा एपहरू नहुँदा समस्या रहेकाले स्वदेशी कन्टेन्ट निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्रका मानव अधिकारकर्मी शुभेच्छा खड्काले कोभिडलगायत पछिल्ला परिवेशले वित्तीय डिजिटलाइजेसनलाई बढावा दिइरहे पनि सेवा प्रदायकले दिएको सेवाको गुणस्तर र सर्वसुलभतालाई पनि ध्यान दिनुपर्ने, यससँग सम्बन्धित नीति बनाउँदा सबै भौगोलिक क्षेत्र, वर्ग र समुदायलाई समेट्नुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले