प्रदूषण बढ्दा देशभर घट्यो तापमान

काठमाडौँ, चैत १७ गते । प्रदूषणका कारण वायुमण्डल धुम्म भएपछि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक प्रदूषणबाट वायुमण्डल ढाकिएकाले सूर्यको किरण र ताप धर्तीमा आउन सकेको छैन । सूर्यको ताप आइनपुगेका कारण तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
काठमाडौँमा २९ डिग्री सेल्सियससम्म पुगिसकेको तापक्रम अहिले घटेर अधिकतम २४ डिग्री सेल्सियस र न्यूनतम १०.८ डिग्री सेल्सियसमा झरेपछि चिसो बढेको जानकारी उहाँले दिनुभयो । मौसमविद् पौडेलले भन्नुभयो, “पानी पर्ने छेकछन्द छैन, त्यसैले तापक्रम अझै घट्न सक्छ ।” पूर्वानुमान महाशाखाका अनुसार सोमबार जुम्लाको अधिकतम तापक्रम २१.९ र न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस पुगेको छ । एक साताअघि ३८ डिग्री सेल्सियस नाघेको नेपालगञ्जको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस आसपासमा झरेको छ । गर्मी हुने भैरहवा, सिमरा र विराटनगरको तापक्रम ३४ डिग्री सेल्सियसकै आसपास छ । पहाडी जिल्ला ताप्लेजुङ, ओखलढुङ्गा, डडेल्धुरालगायतका क्षेत्रमा अधिकतम तापक्रम २२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ ।
सोमबारदेखि हावाको बहाव केही बढेकाले ‘भिजिबिलिटी’ सामान्य बढेको छ । सोमबार मध्याह्न आकाश खुलेर थोरै घाम देखिँदा काठमाडौँ आसपास एक हजार पाँच सय ‘भिजिबिलिटी’ कायम भएको थियो । तर, साँझ पर्दै जाँदा तुवाँलो बाक्लिँदै गएको थियो । पौडेलले भन्नुभयो, “पानी नपरे पनि हावा राम्ररी चलेको खण्डमा वायु प्रदूषणमा थोरै कमी आउने सम्भावना छ । कतैकतै फाट्टफु्ट्ट पानी पर्ने सङ्केत रहे पनि बलियो प्रणाली छैन ।”

हावा चल्दा डढेलो बढ्ने
प्रदूषणको मुख्य कारकका रूपमा रहेको डढेलो नियन्त्रण हुन सकेको छैन । देशभर लागेको डढेलोलाई अहिले चलेको हावाको चापले झन् बढाउनेछ । आइतबार नेपालका २२५ स्थानमा डढेलो लागेको थियो । जिल्लागत रूपमा ५१ जिल्लामा डढेलो लागेको छ । सोमबार बिहान ३४ जिल्लाका ११५ स्थानमा आगलागी भएको जानकारी अग्निविद् सुन्दर शर्माले बताउनुभयो ।
हावा चलेपछि डढेलो बढ्ने जानकारी गराउँदै शर्माले भन्नुभयो, “हावा, तापक्रम र सुक्खा यी तीन कुरा डढेलोका लागि इन्धन बराबर हुन्, त्यसैले हावा चल्यो भनेर खुसी हुने अवस्था छैन ।” उहाँका अनुसार डढेलोसँगै सतहबाट उडेको धुलो, धुवाँ र उद्योग कलकारखानाको इन्धनजन्य पदार्थले वायुमण्डलमा कडा प्रदूषण जन्माएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध