उपत्यकाको वायु अत्यन्तै घातक

काठमाडौं,चैत १५,उपत्यकाको वायुको गुणस्तर मानव स्वास्थ्यलाई अत्यन्तै घातक देखिएको छ। विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३०० भन्दा बढी भए घातक भनेको छ। उपत्यकामा शुक्रबार एक्यूआई सबैभन्दा बढी भैंसेपाटीमा ३१४ पुगेको छ।

यसबाट तात्कालिक मात्रै होइन, दीर्घकालिक स्वास्थ्य समस्या निम्तिने जोखिम रहेकाले सजग हुन विज्ञहरूले आग्रह गरेका छन्। डढेलोको धुवाँ मिसिएको प्रदूषणले शरीरका सबै अंगलाई असर गर्ने चिकित्सक बताउँछन्। अल्पकालीन (तत्काल) रूपमा आँखा पोल्ने, छाला चिलाउनेलगायत स्वास्थ्य समस्या देखिए पनि दीर्घकालमा दम, फोक्सोको क्यान्सर हृदयाघातसमेत हुन सक्ने चिकित्सकको भनाइ छ।

शुक्रबार बिहानदेखि नै उपत्यकामा आँखा पोल्नेलगायत समस्या स्थानीयमा देखिएको थियो।  नाक र मुखबाट शरीरभित्र प्रवेश गर्ने धुलोका कणले समस्या निम्त्याउँछ। धुलोका ठूला–ठूला कणहरू नाक र घाँटीमा अड्कन्छन्। ससाना कण फोक्सोमै पुग्छन्। घाँटी एवं नाकको समस्या, रुघाखोकी, एलर्जी, पिनास, दम, क्षयरोग, मुटुका बिरामीलाई तत्कालै असर गर्छ।

प्रदूषणले छालामा सुक्खापन ल्याई चिलाउने समस्या देखा पर्छ। ब्याक्टेरियल, फंगल, प्यारासाइटलगायत अनेक संक्रमणको सम्भावना बढी हुन्छ। छालामा मसिना दाना देखिने, चिलाउने, छालाबाट धुलोजस्तै झर्छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित