सरकार र निजी क्षेत्र एकअर्काका सहयात्री : प्रधानमन्त्री

विराटनगर, चैत १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्र एकअर्काका सहयोगी बनेर मात्रै राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने बताउनुभएको छ ।
उद्योग सङ्गठन मोरङको नवनिर्वाचित पदाधिकारी पदस्थापनको अवसर तथा ‘मेरो देश मेरै उत्पादन’ अभियानको शुक्रबार ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले निजी क्षेत्र सरकारको सहयात्रीका रूपमा रहनुपर्ने बताउनुभएको हो । उहाँले मुलुक निर्माणका लागि सबैको सामूहिक पहल आवश्यक रहेको बताउँदै उत्पादनमा जाँगर र उपभोगमा विश्वासप्रेरित कार्यबाट मात्रै समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा हुनसक्ने बताउनुभयो ।
‘मेरो देश मेरै उत्पादन’ अभियान नारा र सामान्य लोगोमा मात्रै सीमित नराख्न आग्रह गर्दै उहाँले ठूलो उद्देश्य र सङ्कल्पका रूपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशैभरि यो नारालाई अभियानका रूपमा चलाउन आवश्यक छ । ” उहाँले उद्योग र उत्पादनको क्षेत्रलाई नयाँ उत्साह थप्न सरकार उत्तिकै प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
सरकार र उद्योगी, उद्योगी र श्रमिकबीचको सम्बन्ध सुमधुर बन्दै गएको बताउँदै उहाँले यसले थप लगानी क्षेत्र पहिचान गर्न र रोजगारीको अवसर सिर्जना गर्न सहयोग गर्ने बताउनुभयो ।
कोरोना सङ्क्रमणले विश्वलाई त्रसित बनाइरहेको समयमा समेत सहज आपूर्ति प्रणालीको व्यवस्थापनमा सरकारको उचित पहल र उत्पादनका क्षेत्रमा गरिएको समन्वयले सकारात्मक स्थिति निर्माण गरेको प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गर्नुभयो । कोरोनाले झट्का दिएको पर्यटन क्षेत्रबाहेक अन्य क्षेत्र विस्तारै सुधँ्रदै गएकाले आगामी दिनमा पर्यटन क्षेत्रलाई उकास्ने योजना ल्याउन सरकार गम्भीर रहेको बताउनुभयो ।
कोरोना सङ्क्रमणबाट नागरिकको जीवन बचाउने पहिलो दायित्वप्रति सरकार सफल भएको बताउँदै उहाँले दोस्रो लहरका रूपमा फैलनसक्ने सङ्क्रमण रोक्न सबै क्षेत्र सचेत रहनुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि एकले अर्कोलाई सहयोग गरे मात्रै सम्भव हुनेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले लगानी, रोजगारी, उत्पादन र उपभोगको ‘चेन इफेक्ट’ राष्ट्रिय अर्थतन्त्र र समृद्धिसँग रहेको बताउँदै आगामी दिन आयात प्रतिस्थापन गरेर निर्यात वृद्धिको क्षेत्रलाई प्रवद्र्धन गरिनेमा जोड दिनुभयो । व्यापार घाटा क्रमशः सन्तुलनको दिशामा बढेको बताउँदै उहाँले प्रत्येक नागरिक उद्यमी बन्न आकर्षित हुनुपर्ने बताउनुभयो ।
घरेलु, साना, मझौला उद्योगहरूप्रतिको आकर्षण बढाउँदै लैजाने र ठूलो उद्योगमा लगानी वृद्धि गर्ने योजनालाई सरकारले प्राथमिकतामा राखेको बताउँदै उहाँले प्रत्येक क्षेत्रलाई अवसरका रूपमा विकास गरिने बताउनुभयो । कृषि उत्पादन प्रणालीमा सुधार आउँदै गएका कारण देशको अर्थतन्त्रमा यसको महŒव विस्तारै देखिने प्रधानमन्त्री ओलीको विश्वास थियो ।
सरकारले उद्योगमैत्री वातावरण सिर्जना गर्न भन्सार र करका क्षेत्रमा गर्नुपर्ने कानु्नी सुधार गर्दै लैजाने बताउँदै उहाँले त्यसका लागि उद्योगी–व्यवसायीलाई समस्या औँल्याइदिन सुझाव दिनुभयो । उद्योगी–व्यवसायीले देशलाई आवश्यक नै नरहेको वस्तु आयात गर्नेभन्दा देशभित्रै उत्पादन गरेर निर्यात गर्ने वस्तु उत्पादनको क्षेत्र पहिल्याउन आवश्यक रहेकोमा उहाँको जोड थियो ।
देशको परिचय र पहिचान झल्कने उत्पादनबाट नेपाली कच्चा पदार्थ, श्रम र सीपलाई अन्तर्राष्ट्रिय बजारमा वस्तुको रूपमा निर्यात गरिनुपर्नेमा उहाँको जोड थियो । देशभित्रैको उत्पादनप्रति गर्व गर्दै त्यसको उपयोग बढाउन र निर्यातजन्य वस्तु तयार गर्न सक्दा मात्रै राष्ट्रिय अर्थतन्त्रले फड्को मार्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्थिरताको पक्षमा उभिएर मात्रै समृद्धि सम्भव रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई आवश्यक पर्ने संरचना निर्माणदेखि सहयोगमा प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।
उद्योग सङ्गठन मोरङका नवनिर्वाचित अध्यक्ष सुयस प्याकुरेल नेतृत्वको कार्यसमितिले शुक्रबार नै पदभार ग्रहण गरेको छ । कार्यक्रममा अध्यक्ष प्याकुरेलले सरकारको राष्ट्रिय आकाङ्क्षाको विकल्पमा निजी क्षेत्र बढ्न नसक्ने बताउँदै विकासका हरेक क्षेत्रमा सहयोगी बन्ने प्रतिबद्धता जाहेर गर्नुभयो । अध्यक्ष प्याकुरेल ‘मेरो देश मेरै उत्पादन’को प्रवद्र्धकसमेत हुनुहुन्छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाको भर्चुअल उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र