ललिता निवासको जग्गामा निर्माण भइरहेका घरटहरा हटाइने

काठमाडौं, चैत १२: बालुवाटारस्थित ललिता निवासको जग्गामा निर्माण भइरहेका घरटहरा हटाइने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार यस सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो।

‘बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका केही जग्गाहरूमा हाल पनि घरटहरा निर्माण कार्य भइरहेको जानकारी प्राप्त भएकोले’, पत्रमा लेखिएको छ, ‘यसै पत्रसाथ संलग्न विवरणका जग्गाहरूमा नक्सा पाससम्बन्धी कार्य नगराउने व्यवस्था मिलाउन र कानुनविपरीत घरटहरा निर्माण कार्य भइरहेको भए निर्माण कार्य रोक्का गर्ने व्यवस्थाका लागि लेखी पठाउने भनी नेपाल सरकार (मा. मन्त्रीस्तर)बाट मिति २०७७/१२/१० मा निर्णय भएको हुँदा समन्वय र सहयोगको लागि अनुरोध छ।’

मन्त्रिपरिषद्को २०७५ फागुन २८ गतेको निर्णयअनुसार भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबाजरबाट जग्गा रोक्का राखी हदबन्दी छानबिन भइरहेको पत्रमा उल्लेख छ। यस जग्गामा नक्सापाससम्बन्धी कार्य नगर्ने नगराउने व्यवस्था मिलाउन र कानुनविपरीत घरटहरा निर्माण कार्य भइरहेको भए निर्माण रोक्का गर्न भनिएको छ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीन पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातलगायत १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको थियो। अख्तियारले ललिता निवासको अतिक्रमित १ सय ३६ रोपनी जग्गा सरकारको नाम फिर्ता गर्न निर्देशन दिएको छ। तर, अहिलेसम्म त्यो अतिक्रमित जग्गा सरकारको नाममा फिर्ता भएको छैन। उल्टै त्यो फिर्ता गर्नुपर्ने जग्गामा नयाँ घरटहरा बनिरहेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकाबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित