कक्षा ११ को गुणस्तरमा चुनौती

काठमाडौँ, चैत १२ गते । कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिइएपछि त्यसको गुणस्तर कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ ।
यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन, नतिजा प्रकाशन गर्ने गरेकोमा यस वर्षबाट विद्यालयमा जिम्मेवारी आइपुगेपछि त्यसलाई विद्यालयहरूले कसरी सदुपयोग गर्न सक्नेछन् भन्नेमा सरोकारवालाले चासो लिएको पाइएको छ । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हरेम्ब कँडेल कक्षा ११ को सबै खालको मूल्याङ्कन विद्यालयलाई दिनु सकारात्मक भएको तर केही वर्ष यसको व्यवस्थापन गर्न विद्यालयहरूले मेहनत गर्नुपर्ने बताउनुभयो ।
विद्यार्थीको नियमितता, अनुशासन, परियोजना कार्य, परीक्षाको व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ । यसका साथै विद्यालयले परीक्षा लिने भएपछि नपढे पनि पास भइन्छ भन्ने मानसिकता विद्यार्थीमा बढ्दै गएको र यसले अल्छिपन बढाउन सक्ने खतरा उहाँले औँल्याउनुभयो । यसबाट विद्यार्थीलाई माथिल्लो तहको पठनपाठनमा समस्या पर्ने उहाँ बताउनुहुन्छ ।
राजधानीको जनपथ माध्यमिक विद्यालयका प्रधानाध्यापक जितबहादुर लामिछानेले विद्यालयलाई नै यसको जिम्मेवारी दिएपछि कसरी गुणस्तर कायम गर्न सकिन्छ भन्नेमा चिन्ता बढेको बताउनुभयो । खासगरी विद्यालयमै अन्तिम परीक्षा सञ्चालन गर्नुभन्दा केही विद्यालयले साझा रूपमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्ने की भन्ने विषयमा प्रअहरूसितसमेत छलफल भइरहेको जानकारी उहाँले दिनुभयो ।
कक्षा ११ को पठनपाठन र परीक्षा बिग्रेको अवस्थामा त्यसको सीधै असर कक्षा १२ मा पर्ने भएकाले त्यसमा चनाखो हुनुपर्ने आवश्यकता औँल्याइएको छ । यसपटक सरकारले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरेको छ । यसैपटकबाट कक्षा ११ मा तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छवटा विषयको पठनपाठन सञ्चालन गर्न सुरु गरिएको छ ।
नयाँ पाठ्यक्रम लागू भएकै अवस्थामा गत महिनाबाट अनिवार्य विषयमा समेत हेरफेर गरिएको छ । सामाजिक अनिवार्य विषय कायम गरिएकोमा त्यसको सट्टा गणित पढ्न सक्ने सुविधा विद्यार्थीलाई दिइएको छ । यसपटक विषय परिवर्तनको समस्याले पनि केही अलमलमा पारेको सम्बद्ध सरोकारवालाहरूको भनाइ छ ।
नेपालटारस्थित एनआर कलेजका क्याम्पस प्रमुख राजिप धिताल कक्षा ११ मा विद्यार्थीको गुणस्तर कायम गर्न विद्यार्थी आफैँले मेहनत गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सरकारले कक्षा ११ का विद्यार्थीको मूल्याङ्कनको सबै जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेको स्पष्ट गर्दै अब त्यसको गुणस्तर कायम गर्ने चुनौती थपिएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक, शिक्षक, जिम्मेवार हुने हो भने परीक्षा मर्यादित रूपमा सञ्चालन गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो । विद्यालयले जे गरे पनि हुन्छ भन्ने मान्यता हटाए कक्षा ११ को परीक्षाको गुणस्तर कायम राख्न सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर