कक्षा ११ को गुणस्तरमा चुनौती

काठमाडौँ, चैत १२ गते । कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिइएपछि त्यसको गुणस्तर कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ ।
यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन, नतिजा प्रकाशन गर्ने गरेकोमा यस वर्षबाट विद्यालयमा जिम्मेवारी आइपुगेपछि त्यसलाई विद्यालयहरूले कसरी सदुपयोग गर्न सक्नेछन् भन्नेमा सरोकारवालाले चासो लिएको पाइएको छ । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हरेम्ब कँडेल कक्षा ११ को सबै खालको मूल्याङ्कन विद्यालयलाई दिनु सकारात्मक भएको तर केही वर्ष यसको व्यवस्थापन गर्न विद्यालयहरूले मेहनत गर्नुपर्ने बताउनुभयो ।
विद्यार्थीको नियमितता, अनुशासन, परियोजना कार्य, परीक्षाको व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ । यसका साथै विद्यालयले परीक्षा लिने भएपछि नपढे पनि पास भइन्छ भन्ने मानसिकता विद्यार्थीमा बढ्दै गएको र यसले अल्छिपन बढाउन सक्ने खतरा उहाँले औँल्याउनुभयो । यसबाट विद्यार्थीलाई माथिल्लो तहको पठनपाठनमा समस्या पर्ने उहाँ बताउनुहुन्छ ।
राजधानीको जनपथ माध्यमिक विद्यालयका प्रधानाध्यापक जितबहादुर लामिछानेले विद्यालयलाई नै यसको जिम्मेवारी दिएपछि कसरी गुणस्तर कायम गर्न सकिन्छ भन्नेमा चिन्ता बढेको बताउनुभयो । खासगरी विद्यालयमै अन्तिम परीक्षा सञ्चालन गर्नुभन्दा केही विद्यालयले साझा रूपमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्ने की भन्ने विषयमा प्रअहरूसितसमेत छलफल भइरहेको जानकारी उहाँले दिनुभयो ।
कक्षा ११ को पठनपाठन र परीक्षा बिग्रेको अवस्थामा त्यसको सीधै असर कक्षा १२ मा पर्ने भएकाले त्यसमा चनाखो हुनुपर्ने आवश्यकता औँल्याइएको छ । यसपटक सरकारले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरेको छ । यसैपटकबाट कक्षा ११ मा तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छवटा विषयको पठनपाठन सञ्चालन गर्न सुरु गरिएको छ ।
नयाँ पाठ्यक्रम लागू भएकै अवस्थामा गत महिनाबाट अनिवार्य विषयमा समेत हेरफेर गरिएको छ । सामाजिक अनिवार्य विषय कायम गरिएकोमा त्यसको सट्टा गणित पढ्न सक्ने सुविधा विद्यार्थीलाई दिइएको छ । यसपटक विषय परिवर्तनको समस्याले पनि केही अलमलमा पारेको सम्बद्ध सरोकारवालाहरूको भनाइ छ ।
नेपालटारस्थित एनआर कलेजका क्याम्पस प्रमुख राजिप धिताल कक्षा ११ मा विद्यार्थीको गुणस्तर कायम गर्न विद्यार्थी आफैँले मेहनत गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सरकारले कक्षा ११ का विद्यार्थीको मूल्याङ्कनको सबै जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेको स्पष्ट गर्दै अब त्यसको गुणस्तर कायम गर्ने चुनौती थपिएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक, शिक्षक, जिम्मेवार हुने हो भने परीक्षा मर्यादित रूपमा सञ्चालन गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो । विद्यालयले जे गरे पनि हुन्छ भन्ने मान्यता हटाए कक्षा ११ को परीक्षाको गुणस्तर कायम राख्न सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत