भृकुटीमण्डपमा मेगा सभाहल बनाउन प्रस्ताव

सभाहल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न समाज कल्याण परिषद्सँग छलफल गरी प्रक्रिया अगाडि बढाउन महानगरको कार्यपालिकाले निर्णयसमेत गरिसकेको छ । सभाहल निर्माण गर्ने भनिएको जग्गा समाज कल्याण परिषद्को स्वामित्वमा रहेको छ । भृकुुटीमण्डपको २१४ रोपनी जग्गा परिषद्को स्वामित्वमा छ ।
काठमाडौँ महानगरपालिका, भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाले भृकुटीमण्डप क्षेत्रमा मेगा सभाहल निर्माणका लागि महानगरपालिकाको सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै समाज कल्याण परिषद्बाट महानगरमा जग्गाको स्वामित्व हस्तान्तरण हुनेबित्तिकै निर्माण प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “महानगरको निर्णयअनुसार समाज कल्याण परिषद्लाई यसै महिनाभित्र पत्र पठाइन्छ र त्यसपछि परिषद्ले जग्गा उपलब्ध गराउनेबारे नीतिगत निर्णय गरेपछि जग्गा अधिग्रहणबारे छलफल अगाडि बढ्छ ।” भृकुटीमण्डपको जग्गाबाट वार्षिक रूपमा हुने आम्दानीबारे यकिन तथ्याङ्क परिषद्ले महानगरलाई उपलब्ध गराएको छैन ।
परिषद्ले आफ्नो आयआर्जनको मुख्य स्रोत नै भृकुटीमण्डपको जग्गा भाडाबाट प्राप्त हुने रकम हो भन्दै आम्दानीको स्रोतको सुनिश्चितता भएमा मात्र महानगरलाई सो जग्गा उपलब्ध गराउनेबारे छलफल गर्न सकिने बताएको पूर्वाधार विकास विभाग प्रमुख थापाले बताउनुभयो ।
महानगरपालिकाले भृकुटीमण्डपमा सभाहल निर्माणका लागि प्रारम्भिक अध्ययन पूरा गरिसकेको छ भने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न बाँकी छ । जग्गा अधिग्रहणबारे समाज कल्याण परिषद्सँग टुङ्गो लागिसकेपछि डीपीआरको काम अगाडि बढाउने थापाले बताउनुभयो । डीपीआर निर्माणका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा एक करोड रुपियाँ विनियोजन गरेको छ ।
सो स्थानमा तीन हजार जना क्षमताको एउटा मेगाहल हुनेछ भने एक हजारदेखि दुई हजार जना क्षमताका अन्य पाँचवटा हल निर्माण गरिने छ । त्यसैगरी २०÷२५ जना बसेर गोष्ठी छलफल गर्न मिल्ने साना–साना हलसमेत निर्माण गरिने छ । त्यसैगरी दुई हजार चार पाङ्ग्रे सवारी साधन अट्न सक्ने पार्किङस्थलसमेत निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।
समाज कल्याण परिषद्का सदस्यसचिव पुष्कर खातीले भृकुटीमण्डपमा मेगा सभाहल निर्माण गर्ने काठमाडौँ महानगरपालिकाको प्रस्ताव अहिले छलफलका क्रममा रहेको जानकारी दिनुभयो । उहाँले भृकुटीमण्डप क्षेत्रलाई सौन्दर्यसहितको खुला ठाउँका रूपमा विकास गर्ने सरकारको समेत नीति रहेको अवस्थामा सो ठाउँमा मेगा सभाहल निर्माण गर्नु उपयुक्त हुन्छ वा हुँदैन, सरकारले नै निर्णय गर्नुपर्ने हुन सक्छ भन्नुभयो । उपत्यकाको मौलिक वास्तुकलाका आधारमा सभाहलको प्रारम्भिक डिजाइन गरिएको महानगरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो