हिमालमा घट्दै छ हिउँ

हरित गृह ग्यासको अधिक कटौतीका कारण विश्वमा तापक्रम बढ्दै गएको छ ।

काठमाडौँ, चैत १० गते । ‘समुद्र, जलवायु र मौसम’ भन्ने नाराका साथ मार्च २३ अर्थात् मङ्गलबार विश्व मौसम दिवस मनाइँदै छ ।
यस दिवसका अवसरमा यी तीनको अन्तरसम्बन्ध खोजिने जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ वैज्ञानिक डा. मदनलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हरित गृह ग्यासको अधिक कटौतीका कारण विश्वमा तापक्रम बढ्दै गएको छ ।
सन् १८५०–१९०० को तापक्रम वृद्धिको मापदण्डअनुसार विश्वव्यापी रूपमै सन् २०२० एक तातो वर्ष बनेको विश्व मौसम सङ्गठनले जनाएको छ । पहिलेको तापक्रम बढोत्तरीका आधारमा अन्य वर्षभन्दा यस वर्ष विभिन्न भूभागमा गरेर ०.१ देखि १.२ डिग्री सेन्टिग्रेडसम्म तापक्रम वृद्धि भएको अनुमान गरिएको छ ।
समुद्रको जलवाष्प नउडेसम्म पानी पर्दैन, पानी नपरे विश्व जलवायुमा सीधै असर पर्छ । यसकारण मौसममा परिवर्तन आएर मानव जीवन प्रभावित हुने जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल बताउनुहुन्छ । कँडेलले भन्नुभयो, “विश्वको जलवायु परिवर्तन र प्रदूषणका कारण ओजन तहको विनाश, हिमालमा हिउँको कमी, समुद्री सतहको वृद्धिजस्ता प्रत्यक्ष असर परेको छ ।”
जलवायुको कुनै सिमाना हुन्न । त्यसैले विश्वव्यापी मौसमको अवस्था बुझ्नकै लागि सन् १९५० मा विश्व मौसम सङ्गठन स्थापना भयो । सन् १९६६ मा नेपाल त्यसको सदस्य बनेपछि औपचारिक रूपमा मौसमको जानकारी दिने र अनुगमन गर्ने काम सुरु भयो । मौसम दिवस भने सन् १९६१ मार्च २३ देखि मनाउन थालिएको हो । नेपाल सङ्गठनको सदस्य बनेलगत्तै मापन केन्द्रहरू स्थापना गरिए । हाल नेपालमा जलमापनका ८ र मौसमी जानकारी दिने ७० वटा केन्द्र छन् । अनि विभिन्न प्राकृतिक विपत्ति र हवाई उडान व्यवस्थित गर्न पूर्वसूचना दिन थालिएको विभागले जनाएको छ । उच्च प्रविधियुक्त प्रविधि, दक्ष जनशक्ति र मर्मत सम्भारको चुनौती नेपालले खेपिरहेको छ ।
पछिल्लो मौसमी चक्रले नेपालसहित विश्वकै मौसम र जलवायुमा परिवर्तन आइरहेको मौसमविद् कँडेल औँल्याउनुहुन्छ । मौसम परिवर्तन भन्नाले छोटो समयको वातावरणीय अवस्थालाई बुझिन्छ । जलवायु परिवर्तन भन्नाले १० वर्षदेखि माथिको मौसमी परिवर्तनलाई बुझाउँछ ।
उहाँका अनुसार नेपालको मौसम तथा जलवायु परिवर्तनमा विगतभन्दा अत्यधिक परिवर्तन आएको छ । पहिले सिमसिमे पानी लगातार परेर चिसो र आद्र्रता लामो समय सतहका रहन्थ्यो तर अचेल कहिले भारी वर्षा हुने, कहिले खडेरी नै लाग्ने हुन थालेको छ । यस्ता अतिवृष्टि, अनावृष्टिले बाढी, पहिरो, चट्याङ, हावाहुरीजस्ता प्राकृतिक विपत्तिको बढोत्तरी नेपालमा भएको छ । नेपालको जलवायु प्रवृत्ति विश्लेषण १९७१ देखि २०१४ नामक प्रतिवेदनअनुसार त्यो ४४ वर्षको मौसम फेरबदलको प्रवृत्ति हेर्दा प्रतिवर्ष ०.०५६ डिग्री सेल्सियस अधिकतम र ०.००२ डिग्री सेल्सियस न्यूनतमका दरले तापक्रम वृद्धि भइरहेको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार विगत पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा नेपालको जलवायु र मौसममा पानी पर्ने, चिसो बढ्ने र गर्मी हुने क्रममा धेरै परिवर्तन आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन