March 18, 2021

भारतसँगको सीमा दुई दिनभित्र खुल्ने

काठमाडौं,चैत ५, दक्षिणका सीमा नाकाबाट दुई दिनभित्रै पूर्ववत् रुपमा यात्रुबाहक सवारी साधन आउजाउ गर्न पाउने भएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वीरगञ्जबाट आएको व्यवसायी र पत्रकार टोलीसँग सो जानकारी दिएका हुन् । ‘सीमा खोल्नुपर्छ भन्नेमा हामी पहिलेदेखि नै सकारात्मक छौँ । सीमा नखुल्दा समस्या भयो भन्ने कुरा होटल व्यवसायीबाट आइरहेको छ । बिहीबार बस्ने सीसीएमसी (केन्द्रीय कोभिड–१९ व्यवस्थापन केन्द्र) को बैठकबाट यस विषयमा निर्णय गर्नेछौँ,’ ज्ञापनपत्र बुझेपछि मन्त्री पोखरेलले भने, ‘कोरोनाको संक्रमणको दौरान बाध्यात्मक अवस्थामा बन्द गरिएको थियो । अब अवस्था सामान्यतर्फ उन्मुख छ, नयाँ प्रोटोकल जारी हुन्छ, सीमा खुल्छ ।’

कोरोना भाइरसको संक्रमण रोक्न गत वर्ष चैत ११ गते सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएको थियो । सरकारले पछिल्लो समय सीमा नाकाबाट पैदल यात्री र मालबाहक सवारी आउजाउ गर्न दिए पनि यात्रुबाहक सवारीको आवागमन बन्द छ ।

मन्त्री पोखरेलसँगको भेटमा होटल तथा पर्यटन व्यवसायी संघ, वीरगञ्जका अध्यक्ष हरि पन्तले ७० प्रतिशतभन्दा बढी पाहुना भारतीय नै हुने भएकोले सीमा नाका बन्द हुँदा होटल व्यवसायी निकै समस्यामा परेको दुखेसो पोखेका थिए ।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित