March 12, 2021

नेकपा एमाले पार्टी मिले पनि मन मिल्न गाह्रो

काठमाडौं, फागुन २८ः सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले ब्युँतिएको छ । एमालेले देशव्यापीरुपमा पार्टी कार्यालयको उद्घाटनको अभियान नै चलाएको छ । पार्टी पुनर्मिलनको वैधानिक थलो मानिएको पार्टी कमिटीको बैठक भने बस्न सकेको छैन ।

पार्टी ब्युँतिएपछि माओवादी केन्द्रसँग अलग भएर वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पार्टीमै फर्किसकेका छन् । पार्टी ब्युतिएसँगै खनाल–नेपाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई नै बाँकी कार्यकाल निरन्तरता दिने निष्कर्षसमेत निकालिसकेका छन् ।

खनाल–नेपाल समूहले अन्य दलसँग भन्दा पनि माओवादी केन्द्रसँग वाम गठबन्धन बनाएर जानुपर्ने निष्कर्ष निकालेको छ । पार्टी अगल–अगल भए पनि माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिँदै आएको समर्थन कायमै राखेको छ ।

सर्वोच्चको फैसलापछि एमालेभित्रको पहिलो पुनर्मिलन बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा देखिए पनि पार्टीको स्थायी समिति बैठक बोलाउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले इन्छा नदेखाउँदा खनाल–नेपाल समूह असन्तुष्ट बनेको छ ।

नेकपा एमालेमा पार्टी मिले पनि मन मिल्न गाह्रो भइरहेको छ ।पार्टी भंग गरेर नेकपा बनाए पनि अदालतले पुनः एमाले नै ब्युँताउने फैसला कार्यान्वयमा आइसक्दा समेत पार्टी कमिटीको बैठक नबोलाउनुलाई खनाल–नेपाल समूहले अर्थपूर्णरुपमा लिएको छ । सो समूहले आफू पक्षीय स्थायी कमिटी, केन्द्रीय कमिटी र सांसदहरुसँग परामर्श गरेर छिटो बैठक बोलाउन दबाब दिएको छ । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित