सेनाको २८ नम्बर बाहिनी सिराहाका बाहिनीपति (जर्नेल) पंकज कार्कीले संगठनभित्रै महिला सैनिक अधिकृतलाई यौन दुव्र्यवहार गरेको प्रमाणित भएपछि उनलाई बर्खास्त गरिएको सैनिक उच्च स्रोतले जानकारी दिएको छ । यौन दुव्र्यवहार गरेर बर्खास्त हुने कार्की पहिलो उच्च सैनिक अधिकृत हुन् ।
सेनाले कार्कीसँग लागेकी एक सैनिक अधिकृत र अर्की एक महिला सैनिकलाई पनि आचरण ठीक नभएको बन्दै बर्खास्त गरेको छ ।
सैनिक उच्च स्रोतका अनुसार जर्नेल कार्कीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गर्दै छानबिन थालेको थियो । सो कोर्ट अफ इन्क्वायरीले कार्कीले महिला सैनिकमाथि यौन दुव्र्यवहार गरेको र ती महिला सैनिकको पनि आचरण खराब रहेको निष्कर्ष निकाल्दै उनीहरूमाथि कारबाहीको सिफारिस गरेको थियो । कारबाही सिफारिस लगत्तै सैनिक मुख्यालयले उनीहरूलाई कारबाहीस्वरूप भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरेको हो ।
सैनिक स्रोतका अनुसार अनुसन्धानका क्रममा जर्नेल कार्कीमाथि गत वर्ष संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिँदा एक जना महिला सैनिक अधिकृत र त्यसपछि नेपाल आएर २८ नम्बर बाहिनीपतिमा रहँदा अर्की महिला सैनिकलाई यौन दुव्र्यवहार गरेको तथ्य फेला परेको थियो ।
आजको राजधानी दैनिकमा समाचार छ ।
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन
जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३
जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर