एमाले र माओवादी केन्द्र पूर्ववत् कायम : आयोग

काठमाडौंँ, फागुन २६ गते । सर्वोच्च अदालतको आदेशअनुसार निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लाई दुवै पार्टीको अवस्था एकीकरण पूर्वको अवस्थामा कायम भएको सूूचित गर्दै पुनः एकीकरणको मार्ग समेत खुला गरेको छ ।
आयोगले दुवै पार्टीले पुनः एकीकरण गर्न चाहेमा आ–आफ्नो दलको केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गराई १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि पत्राचार गर्ने निर्णय गरेको छ । प्रमुुख आयुुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा मङ्गलबार बसेको आयोग बैठकले यस्तो निर्णय गरेको हो । सर्वोच्चको आदेशबाट केपी शर्मा ओली र पुुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) खारेज भएपछि आयोगले यो पछिल्लो निर्णय गरेको छ ।
आयोग बैठकले गोपाल किराँती अध्यक्ष रहेको नेपाल कम्युुनिस्ट पार्टी (माओवादी केन्द्र) र सन्ध्या तिवारी अध्यक्ष रहेको नेपाल कम्युुनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेलिनवादी)लाई अर्को नयाँ दलको नाम र चिह्न लिनका लागि १५ दिनभित्र सुधारसहितको विवरण आयोगमा पेस गर्न आदेश दिएको छ ।
आयोगको पछिल्लो निर्णयसँगै केपी शर्मा ओली अध्यक्ष रहेको एमाले र पुुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपा (माओवादी केन्द्र) २०७५ जेठ २३ अगाडिको अवस्थामा कायम भएका छन् । यी दुई दल २०७४ सालको प्रदेश सभा र सङ्घीय संसद्को निर्वाचनमा एउटै घोषणापत्र लिएर निर्वाचनमा गएका थिए । दुुई दल मिलेर निर्वाचनमा जाँदा झन्डै दुुई तिहाइ नजिकको मत पाएका थिए । एकीकरण भएको तीन वर्ष नपुुग्दै पार्टीभित्रको आन्तरिक किचलो बढ्दै जाँदा प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो ।
प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरेको केही दिनमै पार्टी एकीकरण गर्दा जुराइएको दलको नाम ‘नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)’ पनि खारेज गर्ने सर्वोच्चकै अर्को आदेश आएको छ ।
सर्वोच्चको फागुन २३ को आदेशबाट ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णयलाई नै खारेज गरिदिएको छ । उहाँहरूले दर्ता गराएको दलको नाम ऋषिराम कट्टेल अध्यक्ष रहेको दलको नामसँग ठ्याक्कै मिलेपछि सर्वोच्चको आदेशले खारेज गरेको हो ।
सर्वोच्चको आदेशबाट कट्टेलको दलको नाम पुरानै अर्थात् ‘नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)’ कायम भएको छ । एमाले र माओवादी केन्द्र मिलेको एक वर्षपछि गोपाल किराँती अध्यक्ष रहेको नेपाल कम्युुनिस्ट पार्टी (माओवादी केन्द्र) र सन्ध्या तिवारी अध्यक्ष रहेको नेपाल कम्युुनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेलिनवादी) नामका दुुई दल आयोगमा दर्ता भएका थिए ।
तर सर्वोच्चको आदेश र निर्वाचन आयोगको निर्णयसँग यी दुुई दलले अब नयाँ दलको नाम र निर्वाचन चिह्न जुराउनुपर्ने भएको छ । अध्यक्ष किराँतीको दलले अब नयाँ दलको नाम र निर्वाचन चिह्न लिनुुपर्ने भएको छ भने अध्यक्ष तिवारी रहेको दलले पार्टीको नयाँ नाम मात्रै जुराउनुपर्ने भएको छ । तिवारीको दलको निर्वाचन चिह्न भने पुरानै कायम रहनेछ ।
मङ्गलबारको आयोग बैठकले अध्यक्ष ओली र अध्यक्ष प्रचण्ड रहनुुभएको एमाले र माओवादी केन्द्र २०७५ जेठ २३ गतेभन्दा अगाडिको अवस्थामा कायम रहेको हुँदा सो सूचना राजपत्रमा प्रकाशन गर्न निर्देशन पनि दिएको छ ।
यसैगरी आयोगले एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा कायम रहेको जानकारी सङ्घीय संसद् सचिवालय, सातवटै प्रदेश सभा सचिवालय र सबै जिल्ला कार्यालयहरूलाई जानकारी गराउने निर्णय पनि गरेको जानकारी आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दिन्ुभयो । यसैगरी उपनिर्वाचनमा नेकपाबाट उम्मेदवार भई विजयी भएका जनप्रतिनिधिको हैसियत स्वतन्त्र हुने र उहाँहरू एमाले वा माओवादी केन्द्रमा प्रवेश गरेमा पद जाने छैन । यद्यपि यस विषयमा आयोगले केही बोलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

मितव्ययिताको नाममा कानुन र संविधानविपरीत कार्य गर्न नमिल्ने भन्दै बिज्ञापन सम्बन्धि सरकारको निर्णय सर्वोच्चद्वारा खारेजी

बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो

देशभरका अदालतले एक वर्षमा ५५ प्रतिशत मुद्दा फर्स्योट

सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४

काठमाडौँसहित ३५ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

साउन ३, काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आइतबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका साना नदी तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले