एमाले र माओवादी केन्द्र ब्युँताउँदै निर्वाचन आयोग

काठमाडौं फागुन २५ : निर्वाचन आयोगले एकीकरणअघिका एमाले र माओवादी केन्द्रलाई ब्युँताउन मंगलबारदेखि तयारी थाल्ने भएको छ ।सोमबार अन्तर्राष्ट्रिय नारी दिवस परेकाले सम्भवतः मंगलबारदेखि तयारी थाल्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न मोरङका पूर्वएमाले कार्यकर्ता सन्ध्या तिवारीको नेकपा ९एमाले० र गोपाल किराँतीको नेकपा ९माओवादी केन्द्र०लाई आफ्नो नाम र चुनाव चिह्न परिवर्तनका लागि आयोगले पत्राचार गर्न गृहकार्य गर्नेछ ।

सर्वोच्चले दुई पार्टीको नाम हुबहु भएकोमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको दर्ता नै खारेज गरी एकीकरणअघिका एमाले र माओवादी केन्द्रलाई ब्युँताउने आदेश दिएको थियो । त्यसका लागि हाल आयोगमा तिवारी र किराँतीका नाममा दर्ता रहेको एमाले र माओवादी पार्टीको नाम फेर्ने र चुनाव चिह्न परिवर्तन गर्नुपर्ने पहिलो खाँचो रहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।आयोगमा हाल ती दुवै पार्टी तिवारी र किराँतीको नाममा दर्ता छन् । आयोगमा दर्ता भएका राजनीतिक दलको सूचीमा १२५औं स्थानमा माओवादी केन्द्र र १३२औं स्थानमा एमाले दर्ता छन् । माओवादी केन्द्रले चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा लिइसकेको छ । एमालेले सूर्य चिह्न पाएको छैन ।ती दुई दललाई दल दर्ता कायमै राखी अर्को नाम र चिह्न पेस गर्नु भनेर पत्र दिनुपर्ने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो । आदेशअनुसार कार्यान्वयन गर्न सो नामको हाल दर्ता रहेको दललाई कानुनबमोजिम अर्को नाम चयन गर्न आग्रह गर्नुपर्ने कानुनी प्रवाधान रहेको छ । यो प्रक्रिया शुरु गरेपछि आयोगले आफ्नो पार्टी खारेज गरिदिन लागेको भन्दै तिवारी र किराँती सर्वोच्च अदालत जान सक्ने सम्भावना पनि रहेको आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले समाचार लेखेका छन ।

नेपालको संविधानअनुसार निर्वाचन आयोगमा दर्ता भइसकेका कुनै राजनीतिक दलको दर्ता खारेज गर्न पाइँदैन । संविधानको त्यही मर्मअनुसार तिवारी र किराँतीमध्ये एक जनाले अदालतमा रिट निवेदन दिए भने पूर्वएमाले र माओवादी केन्द्र ब्युँतिने÷नब्युँतिने कुरा फेरि सर्वोच्चको फैसलामा भर पर्ने बताइएको छ ।विसं २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र खारेज गरेको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा गठन भएको घोषणा गर्नुभएको थियो । त्यसपछि जेठ २३ गते एकीकृत दलका रूपमा आयोगमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दर्ता भएको थियो ।दर्ता भएपछि आफ्नो नामसँग जुधेको भनी ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उजुरी दिएको थियो । त्यसपछि सर्वोेच्चले एकै खाले नाम भएका दुई दलबीचको विवाद निरुपणका क्रममा दल दर्ता प्रक्रिया नै खारेज गरेको थियो । सो फैसलाले नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण हुुनुअघिको अवस्थामा पु¥याएको छ ।

अब त्यो कायम गर्न ऐनको व्यवस्थाअनुसार केन्द्रीय कमिटी, पार्टी विधानअनुसार आउनुहोस् भनेर साविकको नेकपा ९एमाले० र माओवादी केन्द्रलाई पत्राचार गर्ने आयोगले जनाएको छ । त्यसपछि राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार एकीकरण हुन चाहने हो भने यो यो प्रक्रिया पु¥याएर आउनु भनेर साविकको एमाले र माओवादी केन्द्रलाई आग्रह गर्ने पनि आयुक्तहरु बताउँछन् । आग्रहअनुसार गर्ने वा नगर्ने दुवै दलका नेताहरुमा भर पर्ने पनि आयुक्तहरु बताउँछन् ।ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिक रहेको जानकारी गराउने कार्य पनि आयोगले गर्नेछ । यसबीचमा निर्वाचित भएका राष्ट्रिय सभाका १६, प्रतिनिधिसभाका १, प्रदेश सभाका २ र स्थानीय तहका ३३ गरी ५२ पदको बारे सल्लाह गरेर निर्णय गर्ने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो । तिनीहरुको पद धराप नहुने गरी निर्णय गर्ने पनि उहाँले संकेत गर्नुभयो । उनीहरूको हैसियतबारे आयोगले महान्यायाधिवक्तासहित अन्य कानुनविद्सँग परामर्श गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि