‘जो भए पनि काँग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो’

काठमाडौं,फागुन २०,नेपाली काँग्रेसका शीर्ष नेतृत्व  तहमा  सरकारमा  जाने  नजाने  विषयमा मत बाझिएको छ । पार्टी सभापति शेरबहादुर  देउवाले  अवसर  पाए  सरकारको  नेतृत्व गर्ने अभिमत दिइरहँदा वरिष्ठ नेता रामचन्द्र  पौडेलले  भने  काँग्रेसलाई  जनादेश  प्रतिपक्षकै  रहेकाले  सरकारमा  जान  नहुने  बताएका छन् ।

पूर्व सांसद एकनाथ रानाभाटको बुधबार परेको  दसौँ  स्मृति  दिवसमा  आयोजित  श्रद्धाञ्जलि सभामा सभापति देउवाले काँग्रेस जिम्मेवारीबाट नभाग्ने स्पष्ट पारे । “मरिहत्ते गर्दै  खोजिँदैन  ।  प्रधानमन्त्री  नै  चाहिने लोभ पनि छैन । अवसर पाए छाडिँदैन । भाग्ने पनि हैन होला”,  उनको  स्पष्ट  भनाइ  थियो,  “मुलुकलाई  कसै  न  कसैले  अगाडि  बढाउनुपर्छ  ।  अहिलेको  अवस्थामा  अवसर  पाए  काँग्रेसले  नेतृत्व  गरेर  अगाडि बढ्नुपर्छ ।”“प्रधानमन्त्री पाउँ पनि भनेको छैन  ।  

आयो  भने  भाग्नेवाला  छैन । त्यसको फाइदा पार्टीलाई नै  होला  ।  म  प्रधानमन्त्री  भएँ  भने  पक्कै  रामचन्द्रजी  पनि  खुसी  हुनुहोला”,  वरिष्ठ  नेता रामचन्द्र पौडेलप्रति लक्षित गर्दै देउवाले भने,  “जो  भए  पनि  काँग्रेसकै  मान्छे  प्रधानमन्त्री हुने हो । यसमा रामचन्द्रजीले सानो चित्त गर्नुहुन्न होला ।” यो समाचार आजको गोरखापत्र दैनिकमा वसन्त पराजुली र सञ्जयकुमार मिश्रले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत