‘जो भए पनि काँग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो’

काठमाडौं,फागुन २०,नेपाली काँग्रेसका शीर्ष नेतृत्व  तहमा  सरकारमा  जाने  नजाने  विषयमा मत बाझिएको छ । पार्टी सभापति शेरबहादुर  देउवाले  अवसर  पाए  सरकारको  नेतृत्व गर्ने अभिमत दिइरहँदा वरिष्ठ नेता रामचन्द्र  पौडेलले  भने  काँग्रेसलाई  जनादेश  प्रतिपक्षकै  रहेकाले  सरकारमा  जान  नहुने  बताएका छन् ।

पूर्व सांसद एकनाथ रानाभाटको बुधबार परेको  दसौँ  स्मृति  दिवसमा  आयोजित  श्रद्धाञ्जलि सभामा सभापति देउवाले काँग्रेस जिम्मेवारीबाट नभाग्ने स्पष्ट पारे । “मरिहत्ते गर्दै  खोजिँदैन  ।  प्रधानमन्त्री  नै  चाहिने लोभ पनि छैन । अवसर पाए छाडिँदैन । भाग्ने पनि हैन होला”,  उनको  स्पष्ट  भनाइ  थियो,  “मुलुकलाई  कसै  न  कसैले  अगाडि  बढाउनुपर्छ  ।  अहिलेको  अवस्थामा  अवसर  पाए  काँग्रेसले  नेतृत्व  गरेर  अगाडि बढ्नुपर्छ ।”“प्रधानमन्त्री पाउँ पनि भनेको छैन  ।  

आयो  भने  भाग्नेवाला  छैन । त्यसको फाइदा पार्टीलाई नै  होला  ।  म  प्रधानमन्त्री  भएँ  भने  पक्कै  रामचन्द्रजी  पनि  खुसी  हुनुहोला”,  वरिष्ठ  नेता रामचन्द्र पौडेलप्रति लक्षित गर्दै देउवाले भने,  “जो  भए  पनि  काँग्रेसकै  मान्छे  प्रधानमन्त्री हुने हो । यसमा रामचन्द्रजीले सानो चित्त गर्नुहुन्न होला ।” यो समाचार आजको गोरखापत्र दैनिकमा वसन्त पराजुली र सञ्जयकुमार मिश्रले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि