एनसेल र टेलिकमको नाफामा भारी गिरावट

काठमाडौं,फागुन १६,सन् २०१९ मा आफ्नो एक जना ग्राहकबाट औसतमा दुई सय ६९ रुपियाँ आम्दानी गरेको एनसेलको त्यस्तो आम्दानी सन् २०२० मा प्रति ग्राहक दुई सय १४ रूपियाँमा सीमित भयो । सोही वर्ष कुल आम्दानीको २२ प्रतिशत डेटा बिक्रीबाट प्राप्त गरेकोमा कम्पनीको यो हिस्सा बढेर सन् २०२० मा २४ प्रतिशत पुग्यो ।

पछिल्लो वर्ष एनसेलको आम्दानी १२ अर्ब रूपियाँभन्दा बढीले घटेको छ । आम्दानी ४१ अर्ब ९२ करोड रुपियाँमा झरेको छ । जबकी सन् २०१९ मा कम्पनीले ५४ अर्ब १६ करोड रुपियाँ आम्दानी गरेको थियो । एनसेलको खुद नाफामा त झन् भारी गिरावट नै देखिन्छ ।

एनसेलको मुख्य लगानीकर्ताले एजियटाले सार्वजनिक गरेको पछिल्लो वित्तीय प्रतिवेदनअनुसार सन् २०२० मा खुद नाफा केवल तीन अर्ब रुपियाँ हाराहारी मात्र छ । सन् २०१९ मा एनसेलले १४ अर्ब रुपियाँ नजिक खुद मुनाफा आर्जन गरेको प्रतिवेदनमा देखिन्छ ।

सरकारी लगानीको नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध गराएको वित्तीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले ३४ अर्ब ७३ करोड रुपियाँ मात्र आम्दानी गरेको छ । जबकी आव २०७५/२०७६ मा टेलिकमले ३६ अर्ब रुपियाँ आम्दानी गरेको थियो । कम्पनीले माघ ३० गते प्रकाशित गरेको चालू आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा कुल आम्दानी गत आवको सोही अवधिको तुलनामा एक अर्ब ३४ करोड रुपियाँले घटेर २० अर्ब ५८ करोड रुपियाँ पुगेको उल्लेख छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर