कामठाडौं । विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चको फैसलापछि केपी शर्मा ओली विक्षिप्त भएको बताएका छन् । बाहिर ‘स्ट्रोङ्ग’ भएर बोलेपनि भित्र भने ओली विक्षिप्त भएको अध्यक्ष दाहालको तर्क छ ।
यसैबीच अध्यक्ष दाहालले अब नेपालमा चाँडै अर्को सरकार बन्ने बताएका छन् । ‘अब चाँडै नेपालमा अर्को सरकार बन्छ र विकासमा लाग्छ,’ पत्रकार ऋषि धमलासँगको कुराकानीको क्रममा अध्यक्ष दाहालले भनेका छन्, ‘केपी शर्मा ओलीले गरेका संसद् विघटनलाई ज–जसले असंवैधानिक भन्यो, ती सबै दलको सरकार अब चाँडै बन्छ ।’
यस्तै अध्यक्ष दाहालले ओली प्रवृत्तिलाई आफूहरुले कहिल्यै बौँडिन नदिने बताएका छन् । ‘हामी ओली प्रवृत्तिलाई परास्त नगरी सरकार गठन गर्दैनौँ,’ अध्यक्ष दाहालले भनेका छन्, ‘हामी केपी शर्मा ओलीसँग सहकार्य गर्न सक्दैनौँ । यो सम्भव नहुने कुरा हो ।’
निर्वाचन आयोगले पनि सर्वोच्च अदालतको नजिरलाई हेरेर चाँडो समस्याको समाधान गर्नुपर्ने अध्यक्ष दाहालको जोड थियो । आयोगसँग यदि वा तर भन्ने स्थिति नभएको बताउँदै अध्यक्ष दाहालले भनेका छन्, ‘निर्वाचन आयोगलाई यदि, तर भन्ने ठाउँ नै छैन । प्रष्टसँग बहुमत जोसँग छ, त्यो नै आधिकारिक पार्टी हुने व्यवस्था छ । हाम्रो विधानमा पनि त्यही नै छ । त्यसकारण सर्वोच्चको फैसलालाई हेरेर निर्वाचन आयोगले तुरुन्तै निर्णय गर्नुपर्छ ।’
यसैबीच अध्यक्ष दाहालले नेपाली कांग्रेस ओलीतिर नलाग्नेमा आफू ढुक्क रहेको बताए । ओलीको कदमलाई विमति जनाएको कांग्रेस पुनः ओलीसँग जान्छ भन्नु अन्यायपूर्ण अभिव्यक्ति हुने बताउँदै अध्यक्ष दाहालले भनेका छन्, ‘शेरबहादुरजी कहाँ ओलीतिर जानुहुन्छ, विश्वास लाग्ने कुरा हो यो ? उहाँहरुले त ओलीको कदमलाई असंवैधानिक भन्नुभएको छ । कसरी जानुहुन्छ फेरि उतै ?’
आफू नेतृत्वको नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मिलेर सरकार बन्ने अध्यक्ष दाहालको तर्क छ । ‘हामी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मिलेर सरकार बनेको खण्डमा सबैतिर चेक एण्ड ब्यालेन्स हुन्छ,’ अध्यक्ष दाहालले भनेका छन्, ‘यसो हुँदा छिमेकी मुलुकहरु भारत र चीनलाई पनि कम्फर्टेबल हुन्छ ।’
यसैबीच अध्यक्ष दाहालले आफ्नो र माधवकुमार नेपालबीच कहिल्यै पनि दरारपन नदेखिने बताएका छन् । नेपाल र आफ्नो बीचमा पञ्चायतकालदेखि नै सहकार्य हुँदै आएको बताउँदै अध्यक्ष दाहालले भनेका छन्, ‘हाम्रो बीचमा कहिल्यै पनि दरारपन आउँदैन । किनकी, माधवजी र मैले वर्षौंदेखि सहकार्य गर्दै आएका छौँ । विगतदेखि मैले कुनै नेतासँग धेरै छलफल तथा सहकार्य गरेँ भने त्यो माधवजी नै हो । हाम्रो बीचमा कहिल्यै दरारपन आउनेवाला छैन ।’
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित
काठमाडौँ, र्वैशाख ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न
काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै
वैशाख ६,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष