
हामीले विभिन्न शंकाले हेर्यौं। कतै सँगै पढ्ने साथीबाटै त यो घटना भएन भन्ने लाग्यो। अनुसन्धान त्यतातिर मोड्यौं। भागरथी कति बजे स्कुलबाट बाहिरिइन् ? उनीसँग कोको थिए ? यस्ता सूचना बटुल्दै जाँदा कक्षा ११ पढ्ने आरोपित छात्रको व्यवहार शंकास्पद देखियो। भागरथीको पछि–पछि दिनेश नै लागेको केही विद्यार्थीबाट थाहा भयो। यो रहस्य भागरथीको शव फेला परेको तेस्रो दिनदेखि खुल्यो।
उनलाई सोधपुछ गर्दा करिब ३५ मिनेट उनी कहाँ गए भन्ने विषय रहस्यमय बन्यो। उनलाई लवलेक जंगलकै आसपास देख्ने व्यक्तिसँग प्रहरीले सनाखत (पुष्टि) गरेपछि हाम्रो अनुसन्धान उनीसँग नै बढी केन्द्रित भयो। भागरथी माघ २१ गते करिब २ बजे खोचलेक बजारमा देखिएकी थिइन्। उनी पौने १ बजे पढाइ पूरा नगरी निस्किसकेका थिए। बीचमा देख्नेले पनि भागरथीको पछिपछि लागेर दिनेश हिँडेको बताएका थिए।
हामीले अनुसन्धानमा दुई सयभन्दा बढीलाई सोधपुछ गर्यौं। २२ जनालाई त शंकाकै घेरामा राखेर केरकार गर्यौं। तर, उनको व्यवहार, बयान र अन्य प्रामाणिक वस्तुले उनी मुख्य आरोपी हुन् भन्नेमा कुनै दुविधा रहेन।
अनुसन्धानका विभिन्न विधि हुन्छन्। जुन दिन म आफैं कुकुर लिएर घटनास्थल पुगें, त्यही दिन दिनेश घटनास्थलमा पुगेनन्। हामीलाई शंका त्यहीँ लाग्यो। घरमा पनि उनले डराएजस्तो व्यवहार गर्ने र छट्पटाउने गरेको पाइयो। फागुन ३ गते दिनेशलाई सम्झाइबुझाइ केरकार गर्दा बल्ल घटना स्विकारे। उनले पुरानो रिसइबीका कारण हत्या गरेको बताए। अन्य प्रमाणले पनि उनी नै आरोपी हो भन्ने संकेत गरेपछि हामी निक्र्योलमा पुग्यौं। यो घटनामा उनी नै संलग्न हो भन्ने पुष्टि भयो।
पोस्टमार्टम रिपोर्टले भागरथीको घाँटी थिचेर हत्या भएको र यौनसम्पर्कसमेत भएको देखाएको थियो। हामीले प्रहरीकै विधिविज्ञान प्रयोगशालामा शव, कपडा र शरीरका विभिन्न भागमा लागेका चोटको नमुना पठाएका छौं। त्यसको रिपोर्ट आएपछि थप प्रमाण बलियो हुन्छ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट