पेट्रोलियम पदार्थमा खरिद मूल्यभन्दा दोब्बरले बढी हुने गरि कमिसन र कर

काठमाडौं,माघ २७, नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनसँग पेट्रोल प्रतिलिटर ५२ रुपियाँमा किन्छ तर उपभोक्तालाई प्रति लिटर ११० रुपियाँमा बेच्छ ।  

यसो गर्दा पनि निगमलाई पेट्रोलमा प्रति लिटर ६.८० रुपियाँ घाटा हुने गरेको दाबी निगमको छ । 

पेट्रोल मूल्यको यो अव‚थामा बिक्रेता र उपभोक्ता कोही पनि फाइदामा छैनन् ।  अझ खरिद र बिक्री मूल्यको तुलना गर्ने हो भने उपभोक्ताले दोब्बरभन्दा बढी तिर्नुपरेको देखिन्छ ।

एक महिनाअघि मात्र वार्षिकोत्सवका अवसरमा कर्मचारीलाई बोनस घोषणा गर्नेको निगमलाई यो समस्याले विवादमा  पारेको छ । आखिर खरिद मूल्य यति कम हुँदा पनि किन उपभोक्ता दोब्बरभन्दा बढी मूल्य तिर्न बाध्य छन् त ? निगमले त्यसका लागि कमिसन र कर दुईवटा कारण देखाएको छध्र यी दुई कारणले नै निगमको घाटा बढिरहेको दाबी छ । 

यस्तै अवस्था डिजेलमा पनि छ । डिजेल प्रतिलिटर करिब ५२ रुपियाँ ३९ पैसामा निगमले खरिद गर्छ तर प्रतिलिटर ९३ रुपियाँमा बिक्री गर्छ । अर्थात खरिद मूल्यभन्दा दोब्बरले बढी हुने गरि कमिसन र कर पेट्रोलियम पदार्थमा थोपरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज