
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र फागुनमा गर्ने निर्णय गरेको छ । शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले स्नातक तहको शैक्षिक सत्र फागुनमा प्रारम्भ गर्ने निचोडमा विश्वविद्यालय पुगेको जानकारी दिए । विश्वविद्यालयले तीन महिना पछि सारेर भर्ना कार्यक्रम सुरु गर्नेभएको हो । यसअघि मङ्सिरमा स्नातक तहको पहिलो वर्षको भर्ना गर्ने गरिएको थियो ।
पोखरा विश्वविद्यालयले कक्षा १२ को नतिजा सार्वजनिक भएलगत्तै भर्ना सुरु गरिएको विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले जानकारी दिए । विश्वविद्यालय मातहतका कलेजले भर्ना कार्यक्रम जारी राखेको र अब नतिजा आएलगत्तै आङ्गिक क्याम्पसमा समेत भर्ना खोलिने जनाइएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयले माघबाट स्नातक तहको भर्ना कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । संस्कृत विश्वविद्यालयमा शैक्षिक सत्र कहिलेबाट प्रारम्भ गर्ने भन्ने निर्णय विश्वविद्यालयको सभाबाट गर्ने परम्परा छ ।
विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले माघबाटै स्नातक तहको पठनपाठन सुरु गरिने जानकारी दिए । विश्वविद्यालयले प्राकशास्त्री तह उत्तीर्ण गरेका विद्यार्थीलाई पुस महिनामै स्नातक तहमा भर्ना गरिसकेको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद