February 2, 2021

अविश्वास प्रस्ताव लम्ब्याउने खेल, सभामुखको भूमिकामाथि प्रश्न चिन्ह

काठमाडौं,माघ ,वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफलका लागि आह्वान गरिएको प्रदेशसभा बैठक अचानक स्थगित गरेर सभामुख सानुकुमार श्रेष्ठले यस विषयलाई लम्ब्याएका छन् ।

अविश्वास प्रस्ताव सदनमा औपचारिक रुपमा प्रदेश गराउन सुरुबाटै आनाकानी गरेका सभामुख श्रेष्ठले सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक आइतबार राति सूचना टाँसेर फागुन ५ गतेसम्मका लागि स्थगित गरेका थिए । सोमबारको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यक्रम थियो ।

प्रधानमन्त्री केपी ओली समूहका मुख्यमन्त्री पौडेलविरुद्ध पुष्पकमल दाहाल–माधव कुमार नेपाल समूहका ४५ सांसद्ले पुस १० मा प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

उपसभामुख, अविश्वास प्रस्तावका प्रस्तावक र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग आन्तरिक छलफलसमेत नगरी बैठक स्थगित गरेपछि सभामुख श्रेष्ठको भूमिकाप्रति दलहरुले आक्रोश पोखेका छन् । उनीहरुले प्रदेशभासलाई सभामुखले बन्धक बनाएको र सरकारबाट प्रभावित भएको आरोप लगाएका छन् ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद