विक्री प्रबन्धकका अनुसार १० देखि ५० कित्तासम्म माग गर्ने सबैले माग बमोजिम शेयर पाएका छन् । बढीमा ६० कित्तासम्म शेयर बाँडफाँट गरिएकोमा ४ लाख ९२ हजार ७२ जनाले ६० कित्तासम्म शेयर पाएका हुन् । १० देखि ५० कित्तासम्म माग गर्ने सबै आवेदकलाई माग बमोजिम शेयर बाँडफाँट गर्दा १ करोड १२ लाख १९ हजार ८० कित्ता बाँडफाँट भएको छ । त्यस्तै ६० कित्तादेखि २ लाखसम्म माग गर्ने सम्पूर्ण आवेदकहरुमा ५० कित्ताका दरले ५ करोड ९७ लाख २०० कित्ता शेयर बाँडफाँट गरिएको छ ।
यसरी बाँडफाँटपछि बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर ६० देखि २ लाख कित्तासम्म माग गर्ने सम्पूर्ण आवेदकलाई एउटै समूहमा राखी थप दश कित्ताका दरले ४ लाख ९२ हजार ७२ जनालाई शेयर बाँडफाँट गरिएको छ । यस आईपीओमा १४ लाख ८१ हजार २८४ जनाको आवेदन परेको थियो । कुल आवेदकमध्य ६ हजार २७६ जनाको आवेदन रद्ध भएको छ । योग्य आवेदक १४ लाख ७५ हजार ८ जनालाई बाँडफाँटमा सहभागी गराईएको थियो ।
कम्पनीले माघ २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले रु. ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।
अधिकत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको बैंकको हाल चुक्तापूँजी रू. १२ अर्ब रहेको छ । आईपीओ पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम भएको छ । यस कम्पनीले धितोपत्र बजारको इतिहासमै सबैभन्दा बढी कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।
कम्पनीले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर माघ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
वैशाख १८, काठमाडौँ। सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व
वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा