भारत र काँग्रेस भ्रममा !

काठमाडौं,माघ १४,‘भारत र काँग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको कुरा अर्कै छ ।’

राप्रपा अध्यक्ष कमल थापाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा लामो भेट गरेपछि निकटस्थहरुलाई सुनाएको प्रसंग हो यो । ०७२ मा गठित आफ्नो सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मा पाएका कमल थापासँग ओलीको अहिले पनि सम्बन्ध सुमधुर छ । उक्त भेटमा ओलीले थापालाई संसद पुनस्र्थापना कुनै हालतमा नहुने बताए । उनले पनि पत्याएका रहेछन् । ‘एक पर्सेन्ट पनि चान्स छैन (पुनस्र्थापनाको), चुनाव नै हुन्छ, सबैतिर सेटिङ भैसकेको छ,’ उनले निकटस्थलाई सुनाए ।

कमल थापाले प्रचण्डहरुको कुरा पनि सुनेका रहेछन् । उनीहरु पनि चोलेन्द्रको भर छैन । आन्दोलन गरेरै जानुपर्छ भन्नेमा छन् । कमल थापाको कुरा सुनेपछि राप्रपाका एक नेताले सुनाए, ‘लागे–पुगेसम्म अहिले पनि कमल थापा ओलीसँग मिल्न पाए हुन्थ्यो भन्नेमा छन् । तर, पार्टीको लाइन काँग्रेस जसरी जान्छ, त्यसरी जाऔँ भन्ने छ ।’

कमल थापाको ब्रिफिङअनुसार, केपीले चुनाव गराए भने काँग्रेस र भारतले सोचेजस्तो हुने सम्भावना नै छैन । ती दुईको अनुमान छ, नेकपा फुट्यो, अब पालो काँग्रेसकै हो । यसबाट मधेसी नेताहरु अलिक बढी फाइदामा हुँदा भारतले आफ्ना एजेण्डा अगाडि बढाउने माध्यम र सहजता पाउने अनुमान गरेको छ । तर, कमल थापाका अनुसार, केपीले रोजेका, छानेका मान्छेले मात्रै चुनाव जित्ने र आफूसँग पाँचजना भए पनि अरुभन्दा बढी सांसद हुने गरी चुनाव गराउँदै छन् । रामबहादुर थापा (बादल) नाममात्रको गृहमन्त्री हुन् । सिडिओ, एसपी सबै बालुवाटारले खटाउने हो । गृहमन्त्रीले डिएसपीधरी सरुवा गर्न नसक्ने अवस्था छ । मन्त्रालय, त्यसअन्तर्गतका नियुक्तिमा कुनै मन्त्रीको केही चल्दैन । सबैमा बालुवाटार हावी छ । रक्षा मन्त्रालय आफैँसँग राखेका छन् । अर्थात्, जो केपीसँग मिल्छ, उसले मात्रै जित्ने चुनाव हुँदैछ । त्यस्तो चुनावमा काँग्रेसका रामचन्द्र पौडेल, जसपा नेता डा.बाबुराम भट्टराईसहित सबैलाई जिताइदिने, तर बहुमत आफूले ल्याउने चाहना छ ।

हुन पनि केपीसँग अहिले सेना, प्रहरी, निर्वाचन आयोगदेखि सबै शक्ति केन्द्रित छ । आश्वासन बाँड्ने ठाउँमा उनै छन् । २ भोटले जिते पनि माननीय, हजार भोटले जिते पनि माननीय । यदि केही गरी चुनाव भएन भने अदालतका कारणले मात्रै हुँदैन । उसले संसद पुनस्र्थापना ग¥यो भने मात्र चुनाव नहुने हो । तर, संसद व्युँतिने एक प्रतिशत पनि सम्भावना नभएको कुरामा ओली हिमालझैँ अटल छन् । 

०३८ सालमा दरबारको चाहनाबमोजिम भएको चुनावलाई सूर्यबहादुर थापाले धाँधली भयो भनेका थिए । तर, त्यो चुनावमा मात्रिकाप्रसाद कोइराला र केआई सिंहलाई समेत जिताइएको थियो । अर्थात्, उदार र अनुदार दुबै पञ्चलाई राष्ट्रिय पञ्चायतमा लगियो, तर अनुदार पञ्चहरुको संख्या बढी बनाइयो । अहिले केपी ओलीको चुनावी अभ्यास यस्तै रहेको ब्रिफिङ छ, कमल थापाको । उनको अन्तिम विश्वास चाहिँ के छ भने– अहिले त के देखिन्छ र ओलीको रुप ! चुनावपछि को, कति तानाशाह बन्न सक्छ प्रष्ट हुनेछ ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र