यसकारण  रविले छाडे न्युज-२४

 माघ  १०,काठमाडौं । हराभरा र घमाइलो पार्नेप्रति कृतघ्न हुने चल्ती चलेको हाम्रोतिर धेरै भयो । बेथिति र विसंगतिविरुद्ध आगो ओकल्दै आइरहेका चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछाने यस्तै बैगुनीहरूको अपमान सहेर न्युज २४ टेलिभिजनबाट ०७७ माघ ८ गतेदेखि बिदा भएका छन् ।

 

लामिछाने ४ वर्षअघि चर्चित कार्यक्रम सीधा कुरा जनतासँग लिएर न्युज २४ मा जोडिएका थिए । योबीचमा लामिछाने र टेलिभिजन दुवैको ख्याति उनले सञ्चालन गरेको कार्यक्रमले ह्वात्तै चुलियो । तर बिडम्बना  अन्तिम समयमा उनै लामिछानेले आफैंले परख गरेको टेलिभिजनबाट बिदा भएको जानकारीसम्म  आफ्ना दर्शकलाई दिन पाएनन् । त्यसका लागि उनले सामाजिक सञ्जाल रोज्नु पर्यो । 

जाने बेला अपमान ?
 
जिन्दगी एउटा यात्रा हो । यो यात्राका क्रममा हुने मानिसहरूको आबद्धता एउटा सामान्य प्रक्रिया मात्र हो । 

यही स्वभाविक प्रक्रियाअनुसार विश्व कीर्तिमान गर्ने लक्ष्य बोकेर अमेरिकादेखि नेपाल फर्केका लामिछाने सन् २०१३ देखि न्युज २४ सँग जोडिएका थिए । न्युज २४ मा नयाँ कार्यक्रम ल्याउनुअघि उनी  प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीत्वकालमा नेपाल टेलिभिजनमा ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाउँथे । तर प्रचण्ड प्रधानमन्त्री भएपछि उक्त कार्यक्रमको सञ्चालकबाट उनलाई मुक्त गरियो ।

त्यसपछि न्युज २४ मा उनले सञ्चालन गरेको ‘सीधा कुरा जनतासँग’ कार्यक्रम निकै चर्चित रह्यो । यसले न्युज २४ टेलिभिजनकै उचाइ बढायो । यसका लागि टेलिभिजन सञ्चालक रविप्रति कृतज्ञ हुनुपर्ने हो । तर रविले दर्शकसँग बिदा लिएको भिडियो क्लिप नै काटेर अन्तिम कार्यक्रममा रवि र उनको टिमको अपमान गरिएको छ । कार्यक्रमको यात्रा झल्काउने रिपोर्ट पनि टेलिभिजन व्यवस्थापनले काटेको रविले जनाएका छन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै यसबाट दुःखी भएको जनाएका छन् । 
 

किन छाडे रविले न्युज २४ ? 

बेथिति र विसंगतिका विषयलाई समेटेर हप्तामा ३ दिन आइतबार, मंगलबार र बिहीबार प्रसारण हुने सीधा कुरा जनतासँग कार्यक्रम समकालीन टेलिभिजन कार्यक्रममा सबैभन्दा चर्चित कार्यक्रमको स्थान बनाउन सफल भएको थियो । युट्युबको भ्युजले पनि उनको कार्यक्रमको लोकप्रियता कति थियो भन्ने प्रष्ट हुन्छ । 

यही कार्यक्रमले रविको लोकप्रियता ह्वात्तै चुलिएको थियो । कतिसम्म भने उनकै टिमका एक पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले स्वभाविक अनुसन्धान गर्दा उनको पक्षमा चितवनमा मानव सागर नै उर्लेको थियो । 

यति धेरै ताली र माया पाएको, आफैंले जन्माएको कार्यक्रम लामिछानेले किन छाडे ? उनले आफ्ना माया गर्ने दर्शक र शुभेच्छुकलाई सार्वजनिक रूपमा यसबारे केही नताएर खिन्न पारेका छन् । जानकारहरुका अनुसार सीधा कुरा जनतासँग छाड्नुको मुख्य कारण विज्ञापन र युट्युबको आम्दानी रहेको बताइएको छ । 

‘रविले सञ्चालन गर्ने कार्यक्रममा आउने विज्ञापन एजेन्सीबाट आउने । युट्वको मुनाफा पनि काम गर्ने कालु मकै खाने भालुजस्तो अरुले पाउने । यही कारणले रवि दाइ नयाँ यात्रामा निस्कने निचोडमा पुग्नु भएको हो,’ न्युज २४ का एक पत्रकारले भने । 

अब के गर्छन् रवि लामिछाने ? 

लामिछानेले बहुप्रतिक्षित चर्चित कार्यक्रमबाट किन बिदा लिए भन्नेबारे अहिलेसम्म केही खुलाएका छैनन् । एक भिडियो सन्देशमा उनले न्युज २४ सँग विश्वकीर्तिमान कायम गर्ने सिलसिलामा सन् २०१३ देखि जोडिएको र त्यसलाई बिट मारेको मात्र जनाएका छन् । उनले आफ्नो भिडियो सन्देशमा सीधा कुरा जनतासँगले यो उचाइ प्राप्त गर्नुमा सिंगो टिमको भूमिका रहेको उल्लेख भन्दै गर्दै देशैभरिका पत्रकार र कर्मचारीलाई सम्झिएका छन् । ‘सीधा कुरा जनतासँग कार्यक्रमले यदि सफलता प्राप्त गरेको छ भने त्यो सफलताको श्रेय हाम्रा टोलीका सदस्यलाई बाँड्न चाहन्छु । थोरै केही बचेको छ भने आफ्नो भागमा सुरक्षित गर्न चाहन्छु,’ टेलिभिजनले प्रसारण गर्न इन्कार गरेको भिडियोमा उनले भनेका छन् ।

 लामिछानेको अबको यात्राबारे धेरैतिर चासो छ । उनले नयाँ बाटो तय गर्ने अमूर्त कुरा त गरेका छन् तर त्यो नयाँ बाटो कस्तो हो भनेर खुलाएका छैनन् । 

स्रोतका अनुसार, रवि लामिछाने न्युज २४ बाट अलग भए पनि सञ्चारकर्ममा नै रहनेछन् । बरु, उनले आफ्नो रफ्तारलाई थप बढाउन चाहेका छन् । त्यसका लागि उनले आफ्नै लगानीमा टेलिभिजन सञ्चालनको तयारी अघि बढाएका छन् । त्यसका लागि उनले ‘ग्यालेक्सी’ टेलिभिजन दर्ता गरिसकेको बताइएको छ । स्रोतका अनुसार, नयाँ वर्ष २०७८ बाट त्यसलाई रन गर्ने तयारी लामिछानेको छ । सिधा कुरा जनतासँगको सिंगो टिम लिएर बाहिरिएका लामिछानेले टेलिभिजन सञ्चालनका लागि अहिलेदेखि नै तयारी थालेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल