
यसरी भुइँको टिप्न खोज्दा खल्तीको समेत गुमाएको पछिल्लो र ताजा उदाहरण भने नेकपा (बहुमत) का अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालसँग जोडिएको छ । उनीहरूले पनि भुइँको टिप्न खोज्दा खल्तीको झारेका छन् । नेकपा विभाजनपूर्व पार्टीभित्र लामो शक्ति संघर्ष चल्यो । विवाद र संघर्ष बढ्दै जाँदा ‘कोर अफ द लिडरसिप’ भनिएको सचिवालय दुई खेमामा विभक्त भयो । नौ सदस्यीय सचिवालयमा प्रचण्ड, माधवसहित झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एकातिर देखिए ।
प्रधानमन्त्री केपी ओलीसँग आफूसहित तीन जना मात्र रहेको देखियो । महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल मात्र ओलीको पक्षमा दह्रो ढंगले उभिनुभयो । सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ को भूमिका भने तटस्थ थियो । संघर्ष चर्किंदै जाँदा दुवै पक्षको छुट्टाछुट्टै बैठक र छलफल चल्न थाले । बालुवाटार, खुमलटार र भैंसेपाटी छलफलका केन्द्र बने । प्रधानमन्त्री ओलीले पेलेको भन्दै बहुमत (पाँच भाइ) को गठबन्धन बलियो बन्दै गयो ।
उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा बसेको एउटा बैठकको चर्चा अहिले पनि हुने गर्छ । कतिपयले उक्त बैठकलाई ‘भैँसेपाटी गठबन्धन’ पनि भन्ने गर्छन् । गठबन्धन यति बलियो बन्यो कि सचिवालय बैठकअघि कमरेडहरू छुट्टै छलफल गर्न र एकमतसाथ बैठकमा प्रस्तुत हुन थाले । वामदेव गौतमलाई उपाध्यक्ष बनाउनेदेखि राष्ट्रियसभामा पठाउनेसम्मको निर्णयमा गठबन्धनको भूमिका निर्णायक थियो भनिन्छ । किनभने प्रधानमन्त्री ओलीको चाहना र रोजाइमा अन्तिम समयसम्म पनि गौतम परेका थिएनन् ।
सधैँ ओलीबाट धोका खाएका गौतमले एकपटक सार्वजनिक रूपमै भनेका थिए, ‘अब म कमरेड केपी ओलीको साथ (गुट) मा कहिल्यै रहने छैन । प्रचण्डको साथ (गुट) मै रहन्छु ।’ तर त्यत्रो जोडबल गरेर लागेको प्रचण्ड–नेपाल पक्ष त्यतिबेला निरास भयो, जब पार्टी फुट्दा वामदेवले साथ दिएनन् । अहिले बादललाई गुमाउनुको कारण पनि वामदेव नै भएको कतिपयको विश्लेषण छ । गौतमका लागि जे पनि गर्न तयार हुनेहरूले आफूलाई भने वास्तासम्म नगरेको र गृहमन्त्रीबाट हटाउन खोजेको बादलको गुनासो छ । त्यही चित्त दुखाइका कारण अहिले उनी ओलीतिर लागेको भन्नेहरू पनि छन् ।
वादलले आफूनिकट नेताहरूसँगको कुराकानीमा एउटै क्याबिनेटमा रहेका कारण प्रधानमन्त्रीविरुद्ध जान नमिल्ने तर निर्णायक घडीमा प्रचण्ड–नेपाल पक्षलाई साथ दिने भनेको कुरा यसअघि नै सार्वजनिक भइसकेको छ । ‘वामदेवका लागि आकाशको तारासमेत झार्न तयार हुनेहरूले बादललाई उल्टै मन्त्रीबाट हटाउने कुरा सुनेपछि उनी बिच्किएका हुन्,’ बादलनिकट स्रोतले भन्यो । हिजोआज पेरिसडाँडातिर कमरेडहरूको सुनिन्छ ‘त्यत्रो गर्दा पनि वामदेव कमरेडले देख्नु भएन, उहाँ त बैगुनी पो हुनुहुँदोरै’छ ।’
हुन पनि हो, एकपटक होइन, पटक–पटक नेताहरूले टाउकैमा बोकेका वामदेवले त मौकामा साथ नदिएपछि, बादलको कुरा गर्नु बेकार रहेको नेकपा (बहुमत) कै नेता स्विकार्छन् । त्यसैले अहिले बालुवाटारतिर पनि खुच्चिङको भावमा चर्चा हुने गरेको छ, ‘प्रचण्ड–नेपालले भुइँको टिप्न खोज्दा खल्तीको पनि खसाले । अर्थात् वामदेवलाई बोकेर हिँड्दा बादल बिच्किए । अहिले उनीहरूको साथमा न वामदेव छन्, न बादल !’
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित
बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो
सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४
साउन ३, काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आइतबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका साना नदी तथा
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले