‘राजतन्त्र फर्काउन नेकपा विभाजन’

काठमाडौं ,माघ ४, धनकुटा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राजावादीले नेकपाभित्रका असन्तुष्ट पक्षलाई उक्साएर पार्टी विभाजन गराएको आरोप लगाएका छन् । नेकपा धनकुटाको केपी ओली पक्षले शनिवार जिल्ला सदरमुकाममा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै थापाले पार्टी विभाजन हुँनुमा राजावादीको मूख्य भूमिका रहेको आरोप लगाएका हुन् ।

राजावादीहरुकै षड्यन्त्रका कारण नेकपाभित्र विवाद निम्तिएको थापाको दावी छ । ‘जब हामीले देशमा राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गर्यौं, त्यही बेलादेखि प्रतिगामी शक्तिहरुले कसरी आफ्नो गुमेको सत्ता र शासनलाई पुर्नस्थापित गर्ने भनेर षड्यन्त्र थालेका थिए ।’ थापाले भने–‘नेकपा एकतावद्ध भएर मुलुक समृद्धिको दिसातर्फ अघि बढ्न थालेपछि उनीहरुले नेकपालाई विभाजन नगराई आफ्नो शासन सत्ता नफर्कने देखेर पार्टीभित्रका कमजोरीलाई केलाउँन थाले । नेकपाभित्रका असन्तुष्ट समुहलाई उक्साए उत्तेजित बनाएर उनीहरुले पार्टी बिभाजन गराउँन सफल भए ।’

राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन नपाएर असन्तुष्ट हरेका अवसरवादीहरुलाई उचालेर राजावादीले चलखेल गरेको उनको तर्क छ । राजावादीको डिजाईन अनुसार नै १९ पेजको आरोपपत्र आएको दावी गर्दै उनले प्रतिगामी र अवसरवादीसँग आत्मासमर्पण गरेर प्रधानमन्त्री पद त्याग्नुभन्दा संसद् विघटन गुर्न उत्तम भएकाले प्रधानमन्त्री ओलीले नयाँ जनादेश रोजेको बताए । नेकपा बिभाजन हुँदा मुलुकमा अस्थिरता आउने भएकाले सहपार्टीदेखि सवै जनता विभाजनप्रति असन्तुष्ट रहेको भएपनि राजतन्त्र फर्काउने षड्यन्त्र गरिरहेका प्रतिगामी सक्तिहरुले खुशीयाली मनाईरहेको थापाले बताए । यो समाचार आजको राजधानी दैनिकमा रविन कटेलले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार